पर्वत- पर्वतको कुश्मा नगरपालिका–११ सिल्मीमा रहेको विश्व ज्योति माध्यमिक विद्यालय भवन निर्माणमा लापरबाही भएको पाइएको छ।
_x000D_
_x000D_
भवन ढलानका क्रममा ठेकेदारले चरम लापरबाही गरेको भन्दै स्थानीयले विरोध गरेपछि नगरपालिकाले खटाएको प्राविधिक टोलीले अनुगमन गरेको थियो। भवनको छत ढलान गर्दा सामान्यतः पाँच इन्च मोटाइ हुनुपर्नेमा तीन इन्च पनि नभएको र ढलान ठाउँठाउँबाट खसिसकेको देखिएकाले ढलान भत्काइएको छ।
_x000D_
_x000D_
भवनको ढलान गर्ने क्रममा टेका क्रस नभएको, जग कमजोर भएको, तोकिएको मापदण्डअनुसार रड प्रयोग नगरिएका कारण ढलानमा लापर्बाही भएको भन्दै स्थानीयवासीले नगरपालिकामा गुनासो गरेका थिए।
_x000D_
_x000D_
अनुगमनमा गएका प्राविधिक दीपक थापाका अनुसार बिम, स्ल्याप, लेभल, थिकनेस मापदण्डअनुसार छैन। 'यही कारण भत्काउनुपर्ने बाध्यता भएको हो,' थापाले भने, 'कमजोरी ढलानमा पाएका छौँ।'
_x000D_
_x000D_
शिक्षा विकास तथा समन्वय एकाइ पर्वतका प्रमुख उद्धिमराज पौडेलले आफूहरूले प्राविधिकसँग सहकार्य गरेर काम गर्न भने पनि त्यसअनुसार काम नगर्दा भवन निर्माण त्रूटि भएको बताए। 'भवनको पिल्लर र बिमसमेत बांगिएको पाएपछि हामीले काम रोक्नुहोस् भनेका हौं,' उनले भने, 'तर साँझमा हतारहतार ढलान गर्नुभएछ। कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले काम नरोकेमा भुक्तानी नदिने बताउँदा समेत टेर्नुभएन।'
_x000D_
_x000D_
तत्कालीन जिल्ला शिक्षा कार्यालय पर्वतबाट भवन अनुदानअन्तर्गत रु ३६ लाखको लागतमा भवन निर्माण प्रारम्भ गरिएको थियो। निर्माणको ठेक्का तेह्रथुमका निर्माण व्यावसायी रामकुमार लिम्बूले लिएका थिए।
_x000D_
_x000D_
विद्यालयका प्रधानाध्यापक खिमलाल गौतमका अनुसार भवन निर्माणका लागि आवश्यक कामदार र सबै सामग्री खरिद गर्ने गरी प्राप्त भएको कूल बजेट रु ३६ लाखमा ठेक्का सम्झौता भएको थियो।
_x000D_
_x000D_
निर्माणको जिम्मा लिएका लिम्बूले भने काम गर्ने क्रममा मिस्त्रीका कारण गल्ती भएको स्वीकार गरेका छन्। उनले सम्झौता भएको बजेटबाटै पुनः ढलान गरी तोकिएको मापदण्डअनुसार निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।