राजविराज– दीपावली र छठ पर्वका लागि भारतीय क्षेत्रवाट अनधिकृत रुपमा भित्र्याइएको करिब ५ लाख मूल्य बराबरको पटाका सोमबार सप्तरीमा नष्ट गरिएको छ।
_x000D_
_x000D_
भन्सार छली विभिन्न नाका हुँदै सप्तरी भित्र्याइएका पटाका जिल्ला प्रहरी कार्यालय सप्तरीको हाताभित्र नष्ट गरिएको हो। चाडबाड नजिकिएसँगै पटाका भित्र्याउन तस्करहरु सक्रिय भएको र प्रहरीले पनि विशेष संयन्त्र बनाएर त्यसको निगरानी बढाएको डिएसपी भावेश रिमालले बताए। विशेष निगरानीका क्रममा रमपुरा मलहनीयाँ, तिलाठी, पातो, सकरपुरा, नर्घो, छिन्नमस्ता, वलानविहुल लगायतका सीमा क्षेत्रवाट विभिन्न समयमा पक्राउ गरिएको पटाका नष्ट गरिएको उनले जानकारी दिए।
_x000D_
_x000D_
राज्यले प्रतिबन्ध लगाएको पटाका नियन्त्रणका लागि प्रहरीले सक्दो प्रयास गरिरहे पनि देखासिकी गर्ने र प्रतिष्ठाको विषय बनाएर पटाकाको तस्करी बढेको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
सीमा नाकामा दैनिक उपभोग्य सामग्रीसँगै पटाका पनि भित्रिने गरेको डिएसपी रिमाल बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।