कतार- राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चारदिने औपचारिक भ्रमणको शिलशिलामा आज दोहा पुगेकी छन्।
_x000D_
_x000D_
राष्ट्रपति भण्डारीलाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका विकास, सामाजिक सुरक्षा तथा श्रममन्त्री इशाबिनसाद अलनोएमीले स्वागत गरेका थिए। मन्त्री अलनोएमीले स्वागत गर्नुअघि विमानबाट ओर्लिए लगत्तै कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले राष्ट्रपति भण्डारीलाई स्वागत गरेका थिए।
_x000D_
_x000D_
मित्रराष्ट्र कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी कतार पुगेकी हुन्।
_x000D_
_x000D_
त्यहाँ रहँदा राष्ट्रपति भण्डारी होटल शेराटोन ग्राण्डमा बस्नेछिन्।
_x000D_
_x000D_
राष्ट्रपति भण्डारीको सम्मानमा राजदूतावासले अाज रात्रिभोजको आयोजना गर्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।