काठमाडौ- अस्थायी,करार तथा ज्यालादारीमा कार्यरत ३२ हजार कार्मचारीलाई सेवाबाट हटाउन लागिएको भन्दै पीडित कर्मचारीले विरोध जनाएका छन्।
_x000D_
_x000D_
मन्त्री परिषद्बाट निर्णय भई बनेको कार्यदलले उचित व्यवस्थापनको कार्य गर्नुको सट्टा अनुचित प्रतिवेदन तयार गरेको श्रमिक संघले जनाएको छ। अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी श्रमिक संघले सामान्य प्रशासन मन्त्रालय प्राङ्गणमा विरोध जनाउँदै सरकार समक्ष आफ्ना माग राखेको छ।
_x000D_
_x000D_
संघले ज्ञापनपत्रमा ‘लामो समयदेखि नेपाल सरकारका विभिन्न मन्त्रालय, विभाग, आयोजनामा कार्यरत कर्मचारीलाई विनाकारण हटाइएको’ उल्लेख गरेको छ। संघले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई बुझाएको ज्ञापनपत्रमा २ सय ४० दिन काम गरेका कर्मचारीलाई स्वतः स्थायी गर्नुपर्ने उल्लेख गरेको छ। यसैगरी, मन्त्रालय तथा विभागमा रहेका अस्थायी/ज्यालादारी र करार कर्मचारीको उचित व्यवस्थापन हुनुपर्ने माग संघले गरेको छ।
_x000D_
_x000D_
करार कर्मचारी व्यवस्थापनले दिएको प्रतिवेदन कार्यान्वयनको माग गरिएको श्रमिक संघका उपाध्यक्ष कुमार राउतले बताए। चालु आर्थिक वर्षमा कार्यरत करार कर्मचारीको व्यवस्थापन नगरी थप कर्मचारी भर्ना नगर्न संघको माग छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।