पोखरा- पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत चितवन राइनोजले पोखरा पल्टनलाई १ सय ४१ रनको लक्ष्य दिएको छ।
_x000D_
_x000D_
टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४० रन जोड्यो।
_x000D_
_x000D_
चितवनका लागि कप्तान पारस खड्काले ४४ रन जोडे। विक्रम भुषालको बलमा रोहितकुमार पौडेलबाट क्याच हुनुअघि पारसले ३२ बलमा ३-३ चौका र छक्का प्रहार गरे। यस्तै सनी पटेलले चितवनका लागि सर्वाधिक रन जोड्ने क्रममा नटआउट ४६ रन जोडे। उनले २७ बलमा ३ चौका र ३ छक्का प्रहार गरे।
_x000D_
_x000D_
त्यसअघि ओपनिङमा आएका हरिशंकर साह १२ बलमा केवल ३ रन जोडेर आउट भए। अर्को ओपनर अनिलकुमार साहले १६ रनको योगदान गरे। उनले १८ बलमा १-१ चौका र छक्का प्रहार गरे। सोनु तामाङले २१ रनको योगदान दिए। उनले २७ बल खेलेर २ चौका र १ छक्का प्रहार गरे। करण केसी भने शून्य रनमै आउट भएका थिए।
_x000D_
_x000D_

_x000D_
_x000D_
बलिङमा पोखराका विक्रम भुषासलले २ विकेट लिए। उनले ३ ओभरमा ३३ रन खर्चिए। मेहबुब अलाम, मोहमद नाभिद र कप्तान शरद भेषवाकरले समान १-१ विकेट लिन सफल भए।
_x000D_
_x000D_

_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।