दाङ- इलाका प्रहरी कार्यालय गढवा दाङले लागुऔषध खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ।
_x000D_
_x000D_
गढवा गाउँपालिका वडा नं १ जुरेनीबाट बाँके बैजनाथ गाँउपालिका वडा नं १ का नर बहादुर पाण्डे, सोही गाउँपालिका गाभरका भीमसिंह रोकाया र वडा नं २ मकैबारी निवासी छवि गुरुङलाई पक्राउ गरी थप अनुसन्धानका लागि हिरासतमा लिइएको प्रहरी निरीक्षक पञ्चलाल गोलेले जानकारी दिए।
_x000D_
_x000D_
प्रहरीले पक्राउ गरेका व्यक्तिहरुवाट से १ च ११९० नम्बरको बोलेरो जिप १ थान, २ ग्राम खैरो हेरोइन, गाँजा जस्तो देखिने लागुऔषध १६ ग्राम, नगद रु ९ हजार ५ सय, ३ वटा मोबाइलसमेत बरामद गरेको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
पक्राउ परेकाहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्दा चलाइने प्रहरीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।