मुगु– रारा तालको किनारमा आयोजित मिनी म्याराथनमा मुगुका अर्जुन मल्ल विजयी भएका छन्। अनमोल स्मृति प्रतिस्ठानद्वारा रारा साहित्यिक तथा संस्कृतिक महोत्सवका अवसरमा आयोजित प्रतियोगितामा विजयी मल्लले ३१ मिनेट ३६ सेकेन्डमा दौड पूरा गरे।
_x000D_
_x000D_
निर्धारित ६ किलोमिटर दुरीको दौडमा मुगुकै रत्न सिंह रोकाय दोस्रो तथा इन्द्रजित बुढाले तेस्रो स्थानमा दौड पूरा गरेका थिए।
_x000D_
_x000D_
महिलातर्फ दुई जनाले मात्रै दौड पूरा गर्न सफल भएका थिए। पहिलो स्थानमा दौड पूरा गरेकी मुगुकी हिमाली खत्रीले ५० मिनेट ४६ सेकेन्डमा निर्धारित दुरी पार गरिन्। दोस्रो हुँदै रामसीता रावलले ५६ मिनेट ४६ सेकेन्डमा दुरी पार गरेकी थिइन्।
_x000D_
_x000D_
दौडमा २५ पुरुष र ६ जना महिला सहभागी थिए।
_x000D_
_x000D_

_x000D_
_x000D_
प्रतियोगिताको उद्घाटन गर्दै श्रीदल गणका प्रमुख मेजर रवि केसीले यस्ता प्रतियोगिताले शारीरिक स्फूर्ति कायम गर्ने बताए। उनले प्राकिृतिक सुन्दरताले भरिपूर्ण रारामा यस्ता प्रतियोगिता आयोजना गर्नुले यहाँको प्रचारप्रसार हुनुका साथै खेलकुदको सम्भावनाका बारेमा नीति निर्धारण गर्न सघाउ पुग्ने धारणा राखे।
_x000D_
_x000D_
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तथा महोत्सवका संयोजक निराजन शाहीले पर्यटकीय सँगसँगै खेलकुदको पनि प्रवर्द्धन गर्न मिनी म्याराथनको आयोजना गरिएको बताए। अध्यक्ष शाहीले भने, ‘राराको पर्यटकीय महत्वका बारेमा धेरै जानकार हुनुहुन्छ। यहाँ खेलकुदको पनि उत्तिकै सम्भावना देखिएकोले दौड आयोजना गरेका हौं।’
_x000D_
_x000D_
महोत्सव अन्तर्गत सोमबार र मंगलबार विविध साहित्यक तथा सांस्कृतिक कार्यक्रमहरु आओजना हुनेछन्। जसअन्तर्गत राष्टिय तथा स्थानीय लोकदोहोरी गायक गायिकाहरुको प्रस्तुति, स्थानीय झाँकी तथा कर्णाली प्रदेसको संस्कृति झल्किने नृत्य, कवि नवराज पराजुलीको कविता कन्सर्ट तथा गजल महफिल हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।