राजविराज– जिल्ला प्रहरी कार्यालय सप्तरीको कार्यालयसँगै जोडिएको घरमा बस्ने ३५ वर्षीया आशा देवको हत्यामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेकाे छ।
_x000D_
_x000D_
सोमबार प्रहरीले पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको छ। राजविराज नगरपालिका– ६ बस्ने मृतक देवकै छिमेकीहरु ३२ वर्षीय शंकर मेहतर, २८ वर्षीय सुरज मेहतर, ३० वर्षीया चनरदेवी मेहतर र ३५ वर्षीया मुन्नी साह हत्यामा संलग्न पाइएको एसपी राजेन्द्र विष्टले बताए।
_x000D_
_x000D_
चारैजनाको नाममा जिल्ला अदालत राजविराजबाट म्याद थप गराई घटनाको थप अनुसन्धान भइरहेको उनले जानकारी दिए। व्यावसायिक रिसइवीका कारण देवको हत्या भएको विष्टको भनाइ छ।
_x000D_
_x000D_
गरगहना धितो राखेर ऋण दिने लगायतका व्यसायमा संलग्न देवलाई सामान्य रिसइवीकै कारण हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको विष्टले बताए। घटनास्थलमा आवश्यकताभन्दा बढी कण्डम फेला परेकाले त्यो एंगलबाट पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
_x000D_
_x000D_
‘घटनाको परिदृश्य हेर्दा सामान्य प्रकृतिकै व्यक्तिबाट हत्या भएको हुनसक्ने हाम्रो अनुमान थियो,’ विष्टले भने, ‘अनुसन्धानले पनि त्यही देखाएको छ। घटनास्थलमा बरामद भएका कतिपय वस्तुलाई आधार मानेर हामीले अनुसन्धानलाई फराकिलो पारेका छाैं', यथार्थ बाहिर आउन केही दिन अरु लाग्छ।’ मृतक देव एकल महिला हुन्।
_x000D_
_x000D_
घटना भएको बेला दसैंको छुट्टी परेकाले सञ्चारका कतिपय असुविधाका कारण अनुसन्धान लामो भएको प्रहरीले जनाएको छ। ‘छुट्टी सकिएसँगै मोबाइलको कल डिटेल, म्यासेज लगायतका कुरा सहज भए,’ एसपी विष्टले भने, ‘हामी जतिसक्दो चाँडो यो घटनालाई निष्कर्षमा पुर्याउने गरी काम गरिरहेका छौं।’
_x000D_
_x000D_
राजविराज –६ स्थित प्रहरी कार्यालयको दक्षिततर्फ जोडिएको घरमा बस्दै आएकी देवको गत कात्तिक १ गते राति महानवमीका दिन टाउकोमा इँटा र लोहोरो प्रहार गरी हत्या गरिएको थियो।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।