चन्द्रौटा, कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बन्कसबासमा बन्चरो प्रहार गरी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन्।
_x000D_
_x000D_
राति ११ बजे आपसी झगडा हुँदा ४० वर्षीय वसन्त परियारले श्रीमती ३५ वर्षीया सुमित्राको हत्या गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ। मजदुरी गरीखाने परियारले मादकपदार्थ सेवन गरी झगडा गर्दै आएका थिए। गएराति छोराछोरी सुतिसकेको समयमा बन्चरो प्रहार गरी हत्या गरेको स्थानीयले बताएका छन्।
_x000D_
_x000D_
हत्यारा फरार रहेको र खोजीकार्य जारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।
_x000D_
_x000D_
मृत्कको शव परीक्षणका लागि शिवराज अस्पताल बहादुरगन्ज लगिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनएको छ।
_x000D_
_x000D_
परियारका दुई छोरा र एक छोरी छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।