बार्सिलोना- आइतबार राति भएको एल क्लासिको भिडन्तमा बार्सिलोनाले सानदार जित हात पारेको छ। ला लिगाअन्तर्गतको खेलमा बार्सिलोनाले रियल म्याड्रिडमाथि ५-१ को फराकिलो जित हात पारेको हो।
_x000D_
_x000D_
बार्सिलोनाका लागि फिलिप काउटिन्होले खेलको ११ मिनेटमा गोल गरेर सुरुवाती अग्रता दिलाए। त्यसपछि लुइस सुआरेजले बार्सिलोनाका लागि प्रभावशाली खेल पस्किए। सुआरेजले खेलको ३० मिनेटमा पेनाल्टीमा गोल गर्दा ७५ र ८३ मिनेटमा थप २ गोल गरेर ह्याट्रिक गरेका थिए। खेलको ८७ मिनेटमा भिदालले बार्सिलोनाका लागि पाँचौ गोल गरेका थिए।
_x000D_
_x000D_
रियलका लागि मार्सेलोले खेलको ५० मिनेटमा गोल गरेर बार्सिलोनाककोक अग्रता २-१ मा झारेका थिए। तर बार्सिलोनाका लुअारेजले उत्कृष्ट प्रदर्शन गरेपछि मार्सेलोको गोल सान्त्वनामै सीमित बन्यो।
_x000D_
_x000D_

_x000D_
_x000D_
खेलमा लिओनल मेसी अनुपस्थित भएपछि सुआरेजले बार्सिलोनाको कमान्ड सम्हालेका थिए। सन् १९९४ पछि ला लिगाको एल क्लासिको भिडन्तमा ह्याट्रिक गर्ने सुआरेज दोस्रो खेलमा भएका छन्। सन् १९९४ मा रोमारियोले ह्याट्रिक गरेपछि मेसीले मात्र एल क्लासिकोमा ह्याट्रिक गर्न सफल भएका थिए।
_x000D_
_x000D_
जितसँगै बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लिएको छ। बार्सिलोनाले १० खेलबाट २१ अंक जोडेको छ। दोस्रो स्थानको अलाभेसको २० अंक छ भने तेस्रो स्थानको सेभिल्लाले १९ अंक बटुलेको छ। चौथो स्थानको एट्लेटिको म्याड्रिडले पनि १९ अंक नै जोडेको छ।
_x000D_
_x000D_
युरोपियन च्याम्पियन रियल भने संकटमा परेको छ। रियल अंक तालिकाको नवौं स्थानमा झरेको छ। रियलको १४ अंक छ।
_x000D_
_x000D_

_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।