काठमाडौं – दुबईको एक कम्पनीमा कार्यरत नेपाली युवतीहरुबीच ‘ग्याङ्ग फाइट’ हुँदा एक युवतीको मृत्यु भएको छ। युवतीहरुबीच बिहीबार राति झगडा भएको थियो।
_x000D_
_x000D_
मदिराले लठ्ठ भएका नेपाली युवतीहरुको झगडा हुँदा सृजना बराल नामकी युवतीको मृत्यु भएको शारजहास्थित प्रहरीले जानकारी दिएको छ। ‘उनलाई धारिलो हतियार प्रहार भएको थियो, उपचार गर्दागर्दै मृत्यु भयो’ दुबईबाट प्राप्त समाचारमा भनिएको छ, ‘प्रारम्भिक अनुसन्धानले सृजनालाई हतियार प्रहार गर्ने नुवाकोट घर भएकी सबिना तामाङ हुन्।’
_x000D_
_x000D_
सबिनाको चक्कु प्रहारबाट अन्य दुई नेपाली युवती पनि घाइते भएका छन्। घटनाकी अभियुक्त सबिनालाई दुबई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।