• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २१, २०८२ Fri, Nov 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

राजधानीमै पूर्वराजदूत झाको हत्या : रहस्य छिमल्न सकेन प्रहरीले

64x64
नेपाल लाइभ सोमबार, कात्तिक १२, २०७५  ०३:३०
1140x725

काठमाडौं- पूर्वराजदूत केशवराज झाको बबरमहलस्थित आफ्नै निवासमा हत्या भएको दुई महिना नाघिसकेको छ। गत भदौ ३ गते राति चक्कु प्रहारबाट ८० वर्षीय वयोवृद्ध झाको हत्या भएको थियो। हत्यालगत्तै अनुसन्धानमा जुटेको प्रहरीले अहिलेसम्म हत्यारा नजिक पुग्न सकेको छैन। यद्यपि प्रहरीले अनुसन्धान भने जारी नै राखेको छ।

_x000D_ _x000D_

हत्याको अनुसन्धान गरिरहेको महानगरीय प्रहरी अपराध महाशाखाले झाको हत्यालाई रहस्यमय मध्येको एक भएको बताएको छ। अनुसन्धानमा खटिएको महाशाखाकाले अहिलेसम्म झाको हत्या किन र कसले गर्‍यो पत्ता लगाउन सकेको छैन। हत्याको अनुसन्धान गरिरहेका महाशाखाका एसपी सोमेन्द्रसिंह राठौर भन्छन् ‘एकमदै प्रोफेसनल तरिकाले हत्या गरिएको छ। यस्तो जटिल केसका अनुसन्धान लामो समयसम्म पनि जान सक्छ।’

_x000D_ _x000D_

अहिलेसम्म अनुसन्धानमा प्रगति नभएको राठौरको भनाई छ। सोधपुछ र बयान लिने काम बाहेक प्रहरीले नयाँ तथ्य फेला पार्न सकेको छैन। प्रहरीले झा हत्याको अनुसन्धानको सिलसिलामा अहिलेसम्म ४ सय जनाभन्दा बढीसँग सोधपुछ गरिसकेको जनाएको छ। तर परिणाम भने शून्य छ।

_x000D_ _x000D_

घटना मोड्न नाटक
_x000D_ हत्यामा परिवारका सदस्यको पनि संलग्नता हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ। अहिले पनि प्रहरीले परिवारका सदस्यलाई बेला-बेलामा सोधपुछ गरिरहेको बताउँदै आएको छ।घटनाको दुई दिनअघि विदेश गएका झाका छोरा–बुहारी हत्यापछि नेपाल फर्किएका थिए। बाबुको अन्त्येष्टि र अन्तिम कर्ममा सहभागी भएर बुहारी फेरि विदेश फर्किसकेकी छिन् भने छोरा किरणराज झासँग प्रहरी पटक-पटक सोधपुछ गरिरहेको बताएको छ। महाशाखाको एक प्रहरीका अनुसार अहिले प्रहरीको अनुसन्धान परिवारभित्रै बढी केन्द्रित छ। जसका केही कारण पनि रहेको बताइएको छ। 

_x000D_ _x000D_

झ्याल बन्द हुनु र कोठाको ढोका खुल्ला हुनु, गेटमा बसेको पालेले कोही आए/गएको थाहा नपाउनुले आशंका गर्ने ठाउँ भएको प्रहरी स्रोतले बतायो। 

_x000D_ _x000D_

यतिमात्रै होइन, झाको भान्साकोठाको चक्कुबाटै उनको हत्या हुनु र झ्यालको जाली पटक-पटक च्यातिएको हुनुले हत्या गरेर घटना अन्यत्र मोड्न नाटक गरेको देखिएको महाशाखाका एक प्रहरी अधिकारीले बताए। ती प्रहरीले भने ‘घरको सिसा फुटेको र जाली काटिएका घटना यसअघि पनि पटक-पटक भएको पाइयो। जसकारण हत्या गरेर घटना अन्यत्र मोड्नका लागि नाटक गरेजस्तो देखिन्छ।’

_x000D_ _x000D_

यसकारण हत्यामा परिवारका सदस्य र आफन्तहरु प्रहरीको शंकाको घेरामा छन्। हत्याको अनुसन्धान जटिल मोडमा पुगेको प्रहरीले जनाएको छ। 

_x000D_ _x000D_

झाको हत्या हुनुभन्दा २ दिनअघिदेखि नै नयाँ फौजदारी कानून र मुलुकी अपराध संहिता लागु भएको थियो। महाशाखाका एक प्रहरीका अनुसार नयाँ अपराध संहिताका कारण पनि घटना पत्ता लाग्न केही गाह्रो भएको छ। एक प्रहरीले भने ‘हामीले आशंका गरेका व्यक्ति स्वयम् पीडित छन्। पीडितलाई थप पीडा दिएर अनुसन्धान गर्न सक्ने ठाउँ छैन।’

Ncell 2
Ncell 2
_x000D_ _x000D_

कतिपय अवस्थामा अभियुक्तले फकाएको भरमा कुरा खोल्ने नगरेकाले सामान्य यातना पनि दिनुपर्ने हुन सक्छ । तर नयाँ अपराध संहिताले यातना दिन नमिल्ने भएकाले अनुसन्धानमा केही जटिलता भएको एक प्रहरीले बताए।

_x000D_ _x000D_

पक्राउ परेर छुटेकामाथि अझै निगरानी
_x000D_ झाको हत्या आरोपमा महाशाखाको टोलीले झाकै घरमा पाले बसेका सानुकान्छा तामाङ, माली आइतसिंह तामाङ र भान्छे जयबहादुर तामाङलाई पक्राउ गरेको थियो। भदौ २९ गते ८/८ हजार रुपैयाँ धरौटीमा उनीहरु छुटेका थिए। उनीहरुको पोलिग्राफ परीक्षणमा पनि केही नदेखिएकाले धरौटीमा रिहा भएका थिए। अहिले झाको घरको सुरक्षा गार्ड, मालीसमेत परिवर्तन गरिएको छ। 

_x000D_ _x000D_

आशंका गरेर पक्राउ गरिएका व्यक्ति निर्दोष देखिएर छुटेपछि प्रहरीलाई हत्यारा पत्ता लगाउन थप चुनौती थपिएको थियो। यद्यपि पक्राउ परेर छुटेका निर्दोष देखिए पनि प्रहरीले भने उनीहरुमा निगरानी बढाइरहेको छ। महाशाखाका एसपी राठौर भन्छन् ‘उनीहरु छुटेका मात्रै हुन् । हाम्रै निगरानीमा छन्। केही क्लु फेला परे फेरि पक्राउ पर्न सक्छन्। हामीले अनुसन्धान गरिरहेका छौं।’

_x000D_ _x000D_

हत्या योजनाबद्ध र पेसेवरबाट 
_x000D_ प्रहरीले घटनास्थलबाट झाको हत्यामा प्रयोग गरिएको चक्कुलगायत अन्य प्रमाण फेला पारेको थियो। तर चक्कुको ल्याब टेस्ट गर्दासमेत कसैको फिंगर प्रिन्टसँग नमिलेको प्रहरीले जनाएको छ। चक्कुमा समेत कुनै प्रमाण नछोड्नुले हत्या योजनाबद्ध र पेसेवरबाटै भएको हुनसक्ने पनि प्रहरीको आँकलन छ। 

_x000D_ _x000D_

चक्कुमा फिंगर प्रिन्ट फेला नपरेपछि प्रहरीले पञ्जा लगाएर हत्या गरेको आशंका गरेको थियो। झाको घरबाहिर फालिएको पञ्जा प्रहरीले प्रमाणका रुपमा उठाए पनि त्यसबाट समेत कुनै तथ्य फेला पर्न सकेन। प्रहरीले बरामद गरेको पञ्जा हत्या गर्दा प्रयोग नगरेको पाइएको छ। 

_x000D_ _x000D_

तालिम प्राप्त कुकुर लगेर घटनास्थलमा स्न्याफिङ गराउँदा समेत हत्याको क्लु फेला पर्न सकेन। कुकुरले संकेत गरेअनुुसार पालेलाई नियन्त्रणमा लिएर अनुस्न्धान गर्दा उनी निर्दोष देखिए।

_x000D_ _x000D_

सबैतिरका गेट बन्द भएको घरमा हत्याराहरु कसरी प्रवेश गरे? झ्यालको जाली काट्दा कोठामा रहेकी श्रीमतीले किन थाहा पाइनन्? कसैसँग पनि रिसइबी नभएको भद्र परिवारका सदस्यलाई किन आक्रमण भयो? घरमा रहेको कुकुर त्यो रात किन भुकेन? जस्ता प्रश्नहरु अझै अनुत्तरित छन्। यसको जवाफ अनुसन्धानमा खटिएको प्रहरीले समेत पाउन सकेको छैन।

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०७५  ०३:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निर्वाचन अगाडि नियमित महाधिवेशन हुनुपर्छ : डा.शेखर कोइराला
मुलुकमा शान्ति सुरक्षाका लागि भएपनि तोकिएको समयमा निर्वाचन हुन्छ: कानूनमन्त्री सिन्हा
संघीय संसदका पदाधिकारी तथा सदस्यको सुविधा घटाउने निर्णय पुनर्बिचार गर्नुपर्छ:  राष्ट्रियसभा अध्यक्ष दाहाल
सम्बन्धित सामग्री
संघीय संसदका पदाधिकारी तथा सदस्यको सुविधा घटाउने निर्णय पुनर्बिचार गर्नुपर्छ:  राष्ट्रियसभा अध्यक्ष दाहाल सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा अध्यक्ष दाहालले संघीय संसदका पदाधिकारी तथा सदस्यले पाउ... शुक्रबार, कात्तिक २१, २०८२
बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै शाखाप्रमुख लीलाविक्रम थापाका अनुसार छ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुक... शुक्रबार, कात्तिक २१, २०८२
अन्तरदेशीय प्रसारण लाइनको लाभ प्राधिकरणले पनि पाउँछ : ऊर्जा मन्त्रालय सोही सम्झौताबमोजिम यी दुवै प्रसारण लाइनहरूको नेपाली खण्ड र भारतीय खण्ड निर्माणका लागि नेपाल र भारतमा स्थापना हुने संयुक्त कम्पनीमा न... शुक्रबार, कात्तिक २१, २०८२
ताजा समाचारसबै
निर्वाचन अगाडि नियमित महाधिवेशन हुनुपर्छ : डा.शेखर कोइराला शुक्रबार, कात्तिक २१, २०८२
मुलुकमा शान्ति सुरक्षाका लागि भएपनि तोकिएको समयमा निर्वाचन हुन्छ: कानूनमन्त्री सिन्हा शुक्रबार, कात्तिक २१, २०८२
संघीय संसदका पदाधिकारी तथा सदस्यको सुविधा घटाउने निर्णय पुनर्बिचार गर्नुपर्छ:  राष्ट्रियसभा अध्यक्ष दाहाल शुक्रबार, कात्तिक २१, २०८२
रास्वपाको विस्तारित बैठक सुरु शुक्रबार, कात्तिक २१, २०८२
शेखरले गरे आफूनिकट जिल्ला सभापतिसँग छलफल शुक्रबार, कात्तिक २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
पुराना भ्रष्ट नेताहरूलाई निर्वाचनबाट हराउन वैकल्पिक शक्ति एकजुट हुन बाबुरामको प्रस्ताव बिहीबार, कात्तिक २०, २०८२
हङकङ सिक्सेस: पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित शुक्रबार, कात्तिक २१, २०८२
हङकङ सिक्सेस: अफगानिस्तानले दियो ११३ रनको लक्ष्य, रासिदको ह्याट्रिकसहित चार विकेट शुक्रबार, कात्तिक २१, २०८२
आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना बिहीबार, कात्तिक २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्