धनुषा- प्रदेश २ को राजधानी र नामका विषयमा सुझाव सङ्कलन गर्न प्रदेश सरकारले आयोग गठन गरेको छ।
_x000D_
_x000D_
प्रदेश २ मन्त्रिपरिषद्को आज बसेको बैठकले नीति आयोगका उपाध्यक्ष डा हरिवंश झाको संयोजकत्वमा तीन सदस्यीय आयोग गठन गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए। समितिका सदस्यमा मोहनलाल चौधरी र रामप्रवेश बैठा रहेका छन्। सो आयोगलाई ४५ दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने जिम्मा दिइएको छ।
_x000D_
_x000D_
स्थायी राजधानीका विषयमा दलहरुबीच खासै विवाद नदेखिए पनि नामका विषयमा मतभिन्ता छ। सत्तारुढ सङ्घीय समाजवादी फोरम नेपाल र राजपा नेपालले प्रदेशको नाममा ‘मधेश’ तथा विपक्षी दलहरु नेकपा र काङ्ग्रेसलगायत सांसदले मिथिला, ‘मिथिला भोजपुरा’ हुनुपर्ने धारणा राख्दै आएका छन्।
_x000D_
_x000D_
आयोगले प्रदेशको राजधानी र नामका विषयमा कार्यक्षेत्रभित्र विभिन्न राजनितिक दल, नागरिक समाज, व्यक्ति, सङ्घसंस्था तथा बढीभन्दा बढी व्यक्तिसँग सल्लाह र सुझाव सङ्कलन गर्नेछ।
_x000D_
_x000D_
सरकारले आजै अपराध न्यूनीकरण र नियन्त्रणका लागि ‘हेल्लो सिएम’ एप्स सार्वजनिक गरिएको छ। प्रदेश प्रहरी कार्यालयले आज जनकपुरमा आयोजना गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रमको उद्घाटन समारोहमा मुख्यमन्त्री लालबाबु राउतले एप्स सार्वजनिक गर्दै बढ्दै गएको महिला हिंसासम्बन्धी घटनाहरुलाई न्यूनिकरण गर्न एप्स प्रभावकारी हुने बताए।
_x000D_
_x000D_
एप्स बारे ग्रामीण स्तरसम्म जानकारी गराउने गरी सचेतना मुलक कार्यक्रम सञ्चालन गरिने प्रहरी नायव महानिरीक्षक हरि पालले बताए। 'एप्समार्फत आफूसँग भएको घटना सिधै नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सकिने छ।' उनले भने।
_x000D_
_x000D_
एप्सलाई अन गरेर तीन पटक मोबाइल हल्लाएको खण्डमा नजिकको प्रहरी चौकीमा इमरजेन्सी कल जाने र त्यसमा पीडितको लोकेसनसमेत थाहा हुने व्यवस्था रहेको निर्माता आदित्य राजले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।