काठमाडौं– महानगरीय प्रहरी अपराध महाशाखाको टोली ७० लाख रुपैयाँ बराबरको पटकासहित दुई जनालाई पक्राउ गरेको छ। महाशाखाबाट खटिएको प्रहरी टोलीले आइतबार काठमाडौंको महाबौद्धबाट गमला चक्र, झिरझिरे, रकेट, रोक क्याम्प, क्लासिक डिलक्स, माल्टा र सेभेन स्टारलगायतका सात क्वीन्टल पटकासहित उनीहरुलाई पक्राउ गरेको हो।
_x000D_
_x000D_
पक्राउ पर्नेमा सर्लाहीको कविलास नगरपालिका–७ घर भई काठमाडौं महाबौद्धमा सुशान्त ट्रवाई एण्ड गिफ्ट हाउस सञ्चालन गर्दै आएका २४ वर्षीय अशोककुमार शाह र सर्लाहीको बबरजंग नगरपालिका–७ घर भई महाबौद्धमा विवेक खेलौना हाउस सञ्चालन गर्दै आएका ३८ वर्षीय नन्दलाल शाह छन्।
_x000D_
_x000D_
प्रहरीले अशोकको पसलबाट २ क्विन्टल र नन्दलालको पसलबाट ५ क्विन्टल गरी ७ क्विन्टल पटका बरामद गरेको जानकारी दिएको छ।
_x000D_
_x000D_
बरामद गरिएको पटकाको अनुमानित बजार मूल्य ७० लाख रहेको प्रहरीले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।