काठमाडाैं– धेरैले सोचेका थिएनन् नेपालले १८अाैं एसियाडमा पाराग्लाइडिङबाट रजक पदक पाउँछ भनेर। तर, १८औं एसियाडमा नेपाललाई रजक पदक दिलाउने एक मात्रै विधा बन्याे पाराग्लाइडिङ ।
_x000D_
_x000D_
पाराग्लाइडिङमा सहभागी पोखराका १६ वर्षे युकेश गुरुङले प्याराग्लाइडिङको पुरुषतर्फ क्रसकन्ट्री विधामा नेपाललाई रजत पदक जिताए। तर, नेपालको आशा तेक्वान्दो, उसु, कराँते, बक्सिङका बढी थियो।
_x000D_
_x000D_
हाे, त्यही सफलतापछि आज नेपालले पहिलो पटक पाराग्लाइडिङ विश्वकप गर्ने भएको छ। प्रथम नेपाल प्याराग्लाइडिङ एक्युरेसी विश्वकप आगामी बिहीबारदेखि स्याङजामा सुरु हुँदैछ।
_x000D_
_x000D_
पाराग्लाइडिङ विश्वकप कात्तिक १५ देखि १९ सम्म स्याङजाको भीरकोट नगरपालिका–५ स्वरेक महापुर मैदान र वालिङ नगरपालिका–११ डौवाफाँटमा हुन लागेकोे जिल्ला पर्यटन विकास समितिले जनाएको छ।
_x000D_
_x000D_
पुरुष र महिला एकल र सामूहिक गरी पाराग्लाइडिङमा प्रतिस्पर्धा हुनेछ। पुरुष र महिलाको टिम तथा व्यक्तिगत एक्युरेसी गरी ४ स्वर्णका लागि हुने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।
_x000D_
_x000D_
प्रतियोगितामा नेपालसहित क्यानडा, फ्रान्स, टर्की, ब्रिटेन, जापान, कोरिया, साउदी अरेबिया, सिंगापुर, इन्डोनेसिया, मलेसिया, मंगोलिया, भारत, पाकिस्तान र इरानको प्रतिस्पर्धा रहनेछ। प्रतियोगितामा ३० देशका १ सय ५० प्याराग्लाइडरको उपस्थिति रहने आयोजकको भनाइ छ।
_x000D_
_x000D_
यो प्रतियोगितामा एक खेलाडीले ६ पटकसम्म प्रतिस्पर्धा गर्न पाउनेछन्। ६ पटक सम्म तोकिएको घेराभित्र खस्नुपर्ने छ भने ६ राउण्डको नम्बर जोडिएपछि उत्कृष्ट प्रथम हुने आयोजकले जनाएको छ ।
_x000D_
_x000D_
प्रतियोगितामा एकलतर्फ प्रथम हुनेले एक हजार युरो, द्वितीयले ७ सय ५० युरो र तृतीयले ५ सय युरोसहित स्वर्ण पदक, मेडलसहित प्रमाणपत्र पाउने छन्। यस्तैगरी समूहगत प्रथम हुनेले १५ सय युरो, द्वितीयले १२ सय र तृतीयले ७ सय युरोसहित मेडल, प्रमाणपत्र र स्वर्ण पदक पाउने आयोजकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।