• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २१, २०८२ Fri, Nov 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कस्तो हुनुपर्छ सुत्केरीको भोजन?

64x64
नेपाल लाइभ आइतबार, कात्तिक ११, २०७५  १५:४५
1140x725

‘नानी रोएको छ, भोक लाग्यो होला, खुवाइहाल’

_x000D_ _x000D_

‘नानीलाई छिटो  दुध खुवाउनु’     

_x000D_ _x000D_

शिशुका आमालाई घरपरिवारले यस्ता कुरा भनिरहन्छन्, सम्झाइरहन्छन्। 

_x000D_ _x000D_

अर्थात् धेरैको ध्यान शिशुमा हुन्छ। तर शिशुलाई दुध खुवाउनुपर्ने भएकाले पोषिलो  खाना समयमा खानु, आराम गर्नु जस्ता कुरा विरलै सुन्छौँ।

_x000D_ _x000D_

हो, बच्चाले भन्न जान्दैन। त्यसैले उसलाई समय–समयमा आमाको दुध खुवाइरहनुपर्छ। सुरुमा पाएको पोषिलो आहारले उसको भावी जीवनलाई  प्रभाव पार्छ। शिशुले जन्मदेखि कम्तीमा पनि ४ वा ६ महिनासम्म प्रशस्त मात्रामा आमाको दुध खान पाएको खण्डमा उसले आवश्यक पौष्टिक तत्व त पाउँछ नै, रोग प्रतिरोधात्मक शक्ति पनि प्राप्त गरी उसको सन्तुलित वृद्धि र विकासमा टेवा पुग्छ। 

_x000D_ _x000D_

सर्वगुणसम्पन्न आमाको दुधको स्रोत अर्थात् आमाको पोषणको स्तर, उनले दैनिक प्राप्त गर्ने खानाको स्तरबारे भने तुलनात्मक रुपमा कम मात्र चासो राख्ने गरेको पाइन्छ। अझ नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने स्तनपानलाई पौष्टिक र स्वास्थ्यका दृष्टिकोणले भन्दा पनि परम्परागत मान्यताको रुपमा अवलम्बन गरिएको छ। स्तनपानलाई प्राथमिकता दिँदा शिशुले यथेष्ट पौष्टिक तत्व प्राप्त गर्ने मौका पाउँछ। तर आमाको खानामा उचित ध्यान पु¥याउन नसकेमा उनको स्वास्थ्य प्रतिकूल असर पर्न सक्छ। प्रायजसो सुत्केरी महिलामा लौहतत्व,  भिटामिन ए तथा प्रोटिनको कमी भएको कुरा अध्यानले देखाएको छ। 

_x000D_ _x000D_

साधारणतया महिलाहरु आफ्नो बच्चलाई स्तनपान गराउन सक्षम  हुन्छन्। टीबी, एड्स तथा विशेष औषधिको सेवन गरिएको अवस्थाबाहेक अन्य साधारण अवस्थामा स्तनपान गराउन सकिन्छ। सफलताका साथ स्थानपान गराउन सुत्केरी अवस्थाबाहेक गर्भवती अवस्थामा समेत महिलाको दैनिक खानामा ध्यान दिनुपर्ने हुन्छ। 

_x000D_ _x000D_

आमाको पोषणस्तर जति राम्रो हुन्छ, त्यति नै गुणात्मक र परिणात्मक रुपमा शिशुले आमाको दुध प्राप्त गर्न सक्छ। एकातिर आमाको स्वास्थ्यस्थिति सन्तुलित राख्न र अर्कोतिर शिशुलाई यथेष्ट दुध उपलब्ध गराउन आमाको भोजनमा साधारणभन्दा  थप  खानाको व्यवस्था गर्नुपर्छ। महिलाको अवस्था, उनले गर्ने कामको प्रकार हेरि दैनिक भोजनमा क्यालोरी, प्रोटिन, भिटामिन, खनिज पदार्थ थप गर्नुपर्ने हुन्छ। सुत्केरी महिलाले दैनिक आवश्यक सन्तुलित भोजन प्राप्त गर्न सकेमा शरीर स्वस्थ राख्न मद्दत मिल्छ। साथै, दुध बन्नका लागि शरीरमा जम्मा भएको पौष्टिक तत्वको पुनः पूर्ति हुनुका साथै शिशुका लागि प्रशस्त दुध उत्पादन गर्न मद्दत पु¥याउँछ। 

Ncell 2
Ncell 2
_x000D_ _x000D_

एक स्वस्थ दुध खुवाउने महिलाबाट करिब ६ सय मिलिलिटर प्रतिदिन दुध बन्न सक्छ। आफ्नो दैनिक पौष्टिक आवश्यकता पूरा गर्न र उल्लिखित परिमाणमा दुध बन्न उनलाई दैनिक आवश्यकताबाहेक थप पोषिलो खानाको जरुरत पर्न सक्छ। 

_x000D_ _x000D_

सुत्केरी महिलाको प्रतिदिन उत्पन्न हुने ६ सय मिलि दूधमा प्राप्त पौष्टिक तत्वको परिमाण  यस प्रकार छ।

_x000D_ _x000D_

आमाले गरेको भोजन  क्यालोरीमध्ये ६० प्रतिशत क्यालोरी मात्रा दुधमा रुपान्तरण हुन सक्ने भएकाले ४ सय २० क्यालोरीका लागि दैनिक थप ७ सय क्यालोरी आवश्यक पर्नेहुन्छ। यसैगरी आमाको दुधमा प्राप्त  हुने ७.२ ग्राम प्रोटिनका लागि भोजनमा १४.४ ग्राम आवश्यक पर्ने हुनाले यस आवश्यक पर्ने हुनाले यस अवस्थामा २० ग्राम थप प्रोटिन अवस्थामा २० ग्राम  थप  प्रोटिन आवश्यक पर्छ। यसैगरी दुध खुवाउने महिलाको भोजनमा दैनिक ७ सयदेखि १ हजार मिलिग्रामसम्म क्याल्सियम थप गर्नुपर्ने हुन्छ। आमाको दुध बन्न  शरीरको कुल क्याल्सियममध्ये करिब २ सयदेखि ८ प्रतिशत खर्च हुने भएकाले यसको पूर्तिका लागि पनि थप क्याल्सियम आवश्यक पर्ने हुन्छ।

_x000D_ _x000D_

यदि दुई बच्चाबीचको जन्मान्तरको दूरी कम छ भने त्यस्तो स्थितिमा आमाको शरीरमा क्याल्सियम आवश्यक मात्रामा जम्मा  हुन नसक्दा पछि गएर हाड कमजोर हुने सम्भावना हुन्छ। शिशु जन्मँदा रगत खेर जाने भएकाले यस समयमा बढी फलाम (लौहतत्व ) आवश्यक हुन्छ। तर स्तनपानको समयमा भने थप लौहतत्व त्यति आवश्यक पर्दैन। सुत्केरी अवस्थामा गर्भवती अवस्थामा भन्दा कम लौहतत्व भए पुग्ने हुन्छ। प्राय प्रशस्त स्तनपान गराउन्जेलसम्म केही महिना महिनावारी नहुने र महिनावारी सुरु भएपछि भने थप लौहतत्व आवश्यक पर्ने हुन्छ। भिटामिन ए, बी, सी, फोलिक एसिडका हकमा भने थप आवश्यक पर्दछ। 

_x000D_ _x000D_

यसप्रकार आमाको खानाले उनको शरीरबाट उत्पन्न हुने दुधको गुण र परिमाणमा प्रभाव पार्छ। त्यसैले यस अवस्थामा सकेसम्म उचित भोजनको व्यवस्था गर्नुपर्ने हुन्छ। हुन त कमजोर आर्थिक अवस्था भएको र उचित भोजन प्राप्त गर्न नसकेको अवस्थामा पनि महिलाले आफ्नो बच्चालाई  स्तनपान गराउन सक्छिन्। यस्तो स्थितिमा आमाको शरीरका  कोषहरुमा  जम्मा भएका तत्वहरु प्रयोग भई दूध बन्ने भएकाले आमाले आफ्नो  शिशुलाई स्तनपान गराउन त सक्छिन्।

_x000D_ _x000D_

तर उनको शरीरमा बिस्तारै पौष्टिक तत्वको अभावबाट स्वास्थ्यमा  प्रतिकूल असर पर्न सक्छ। यस्तो स्थितिमा प्राप्त भएको आमाको दुधको आयतन कम हुने तथा परिमाणमा समेत कम हुन सक्छ। शक्तिभन्दा पनि भिटामिन बी, सी, थायमिनको परिमाणलाई आमाको खानाले बढी प्रभाव पार्छ। यदि आमाको खानामा उल्लिखित भिटामिनको कमी  छ भने शिशुमा यी तत्वको अभाव हुने धेरै सम्भावना हुन्छ। यसैगरी जिंक र आयोडिनको अभाव छ भने पनि शिशुले पर्याप्त  यी खनिज तत्व प्राप्त गर्न नसकी वृद्धि विकासमा असर पर्ने हुन्छ। 

_x000D_ _x000D_

शिशुको सर्वाङ्ग विकासका लागि चहिने सम्पूर्ण तत्वहरु आमाको दुधमा प्राप्त हुन्छ।  यसले आमाको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्ने हुन्छ। जस्तै स्तनपान गराउँदा  आमाको शरीरबाट निस्कने एक प्रकारको हार्मोन अक्सिटोक्सिनले पाठेघरको मांसपेशी खुम्च्याउने, चाँडो  रक्तस्राव रोक्ने, पहिलेको शारीरिक बनाबट र तौल कायम गर्ने, आमा र शिशुबीच बलियो  भावनात्मक  सम्बन्ध कायम  राख्न  मद्दत पु¥याउने हुन्छ। त्यसैले गर्भवती अवस्थामा समेत आमाको दैनिक भोजनको उचित व्यवस्था गर्नुपर्छ। यसबाहेक घर परिवारबाट पूर्ण सहयोगका साथै उचित वातावरण उपलब्ध गराउन सकेमा अवश्य पनि सफलताका आफ्नो शिशुलाई स्तनपान गराउन सक्छिन्। 
_x000D_  

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०७५  १५:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कर्मचारी कटौती गरेर संसद्को अवहेलना भएको संघ र प्रदेशका पदाधिकारीको निष्कर्ष
अहिलेको सरकार असंवैधानिक र प्रतिगामी : ओली
उत्तर कोरियाद्वारा पूर्वी समुद्रमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार
सम्बन्धित सामग्री
अन्य देशमा रहेका नेपालका मूर्तिहरुलाई स्वदेश फर्काउन पहल गरिरहेका छौ :  सुनिता डंगोल पुनःनिर्माण सम्पन्न भएको शुक्रबार ब्रह्मा मन्दिरको काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोलले उद्घाटन गरेका हु... शुक्रबार, कात्तिक २१, २०८२
संघीय संसदका पदाधिकारी तथा सदस्यको सुविधा घटाउने निर्णय पुनर्बिचार गर्नुपर्छ:  राष्ट्रियसभा अध्यक्ष दाहाल सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा अध्यक्ष दाहालले संघीय संसदका पदाधिकारी तथा सदस्यले पाउ... शुक्रबार, कात्तिक २१, २०८२
बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै शाखाप्रमुख लीलाविक्रम थापाका अनुसार छ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुक... शुक्रबार, कात्तिक २१, २०८२
ताजा समाचारसबै
कर्मचारी कटौती गरेर संसद्को अवहेलना भएको संघ र प्रदेशका पदाधिकारीको निष्कर्ष शुक्रबार, कात्तिक २१, २०८२
अहिलेको सरकार असंवैधानिक र प्रतिगामी : ओली शुक्रबार, कात्तिक २१, २०८२
उत्तर कोरियाद्वारा पूर्वी समुद्रमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार शुक्रबार, कात्तिक २१, २०८२
रास्वपाका कार्यवाहक सभापतिको प्रतिवेदन-संसद पुनर्स्थापना होइन, निर्वाचन नै निकास (पूर्णपाठ) शुक्रबार, कात्तिक २१, २०८२
अन्य देशमा रहेका नेपालका मूर्तिहरुलाई स्वदेश फर्काउन पहल गरिरहेका छौ :  सुनिता डंगोल शुक्रबार, कात्तिक २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
पुराना भ्रष्ट नेताहरूलाई निर्वाचनबाट हराउन वैकल्पिक शक्ति एकजुट हुन बाबुरामको प्रस्ताव बिहीबार, कात्तिक २०, २०८२
हङकङ सिक्सेस: पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित शुक्रबार, कात्तिक २१, २०८२
हङकङ सिक्सेस: अफगानिस्तानले दियो ११३ रनको लक्ष्य, रासिदको ह्याट्रिकसहित चार विकेट शुक्रबार, कात्तिक २१, २०८२
आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना बिहीबार, कात्तिक २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्