काठमाडौं– श्रीमती हत्या गरेर फरार भएका एक युवकलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ। खोटाङको बराहापोखरी गाउँपालिका वडा नम्बर ६ मौवाबोटेका २० वर्षीय अनिल परियारलाई शनिबार महाशाखाकाे टोलीले पोखराबाट पक्राउ गरेको हो।
_x000D_
_x000D_
परियारले १८ वर्षीया श्रीमती लक्ष्मी परियारलाई बसुन्धराको एक गेष्ट हाउसमा गत भदौ १२ गते राति हत्या गरेका थिए। लक्ष्मीको शव भने भदौ १५ गते मात्र फेला परेको थियो।
_x000D_
_x000D_
पक्राउ परेका अनिलले हत्या आफैंले गरेको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ। लक्ष्मी धादिङको त्रिपुरासुन्दरी–७ घर भई काठमाडौं बोहराटार बस्दै आएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।