काठमाडौं– शान्तिपूर्ण एवं सुरक्षित समाज निर्माणका लागि भन्दै ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमको आइतबारबाट औपचारिक शुभारम्भ गरिएको छ।
_x000D_
_x000D_
नेपाल प्रहरी, स्थानीय तहलगायत विभिन्न संघसंस्थाको संयुक्त प्रयासमा भृकुटीमण्डपमा एक कार्यक्रमको आयोजना गर्दै ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रममको शुभारम्भ गरिएको हो।
_x000D_
_x000D_
'हर प्रहर नगर प्रहरी, टोलटोलमा नेपाल प्रहरी' भन्ने नाराका साथ केन्द्रमा, सात प्रदेशमा र ७७ जिल्लामा गरी आइतबार एकै पटक कार्यक्रमको सुरुवात गरिएको प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले जानकारी दिए।
_x000D_
_x000D_
कार्यक्रममा बोल्दै गृहमन्त्री रामबहादुर थापा बादलले प्रहरीको एकल प्रयासले मात्रै अपराध नियन्त्रण तथा न्यूनीकरण सम्भव नभएकले उक्त कार्यक्रम ल्याइएको बताए। सबै प्रकारका अपराधलाई निस्तेज र नियन्त्रण गर्न आवश्यक रहेको र त्यसका लागि प्रहरीको एकल प्रयासले मात्रै सम्भव नरहेकाले समुदायसँग साझेदारी गर्नु आवश्यक गरेको उनको भनाइ थियो।
_x000D_
_x000D_
‘समृद्ध नेपाल निर्माणका लागि शान्ति र सुरक्षा अनिवार्य सर्त हो। त्यसका लागि अपरामुक्त समाज आवश्यक छ,’ गृहमन्त्री थापाले थपे, ‘अपराधीहरु विकास र समुद्धिका बाधक हुन्। उनीहरुले कानुनको अतिक्रमण गर्छन्। कानुन मिच्छन्। यिनै अपराधीको पहिचान गरी कानुनी दायरामा ल्याएर समृद्ध नेपाल बनाउनका लागि यो अवधारणा अघि सारिएको हो।’
_x000D_
_x000D_
बर्दीधारी प्रहरीले मात्रै होइन बर्दी बिनाका नागरिकले पनि प्रहरीको भूमिका निर्वाह गर्न जरुरी भएको उनको भनाइ थियो। विगतमा पर्याप्त सहकार्य नभएकै कारण धेरै अपराध भएको र अपराधी पक्राउ पर्न नसेकोले यो अवधारण ल्याइएको मन्त्री थापाले बताए ।
_x000D_
_x000D_
बलात्कार, हत्या हिंसा पछाडिका कारण मदिरा र ड्रक्स देखिएकाले त्यसविरुद्ध पनि नयाँ अभियान सुरु गरिएको गृहमन्त्री थापाले बताए।
_x000D_
_x000D_
कार्यक्रममा बोल्दै आइजिपी सर्वेन्द्र खनालले ४ महिला लामो अध्ययनपश्चात यो कार्यक्रम ल्याइएकाले सफल हुने विश्वास व्यक्त गरे। उनले भने, ‘विगतका कार्यक्रममको समीक्षा गरेर यो कार्यक्रम ल्याइएको हो। समाजको पर्याप्त सहयोग हुन हो भने अपराध न्यूनीकरण र अपराधी पक्राउ गर्न सहज हुन्छ। हामी आम नागरिकलाई प्रहरीको सहयोगी भूमिका निभाउन आग्रह गर्छौं।’
_x000D_
_x000D_
स्थानीय निकाय, सराकोरवाल संस्था, विज्ञहरुसँगको छलफल, अन्तर्राष्ट्रिय समुदायसँगको छलफल, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, गृहमन्त्रालय, बालबालिका मन्त्रालय, खेलकुद मन्त्रालयलगायतसँग छलफलपश्चात यो कार्यक्रम ल्याएकाले सफल हुने विश्वास प्रहरी प्रधान कार्यलयले लिएको छ।
_x000D_
_x000D_
यस कार्यक्रममा नेपाल प्रहरी , स्थानीय तह, समुदाय, सामाजिक संस्था, विद्यायल र मिडियाबीच सहकार्य गरी साझेदारीमा अपराध न्यूनीकरण गर्ने बताइएको छ।
_x000D_
_x000D_
बालबालिका र युवाहरुमा अपराध गर्ने प्रवृत्ति उच्च देखिएको बताउँदै आइजिपी खनालले भने ‘विद्यालय र प्रहरीकोबीच समन्वय हुन आवश्यक छ।’
_x000D_
_x000D_
माध्यमिक तहमा रहने उमेरमा कम अपराध भएको देखिए पनि १६ देखि २५ वर्षको उमेर समूहका व्यक्तिमा ३८ प्रतिशत अपराध गर्ने प्रवृत्ति देखिएको बताइएको छ।
_x000D_
_x000D_
२५ सय प्रशिक्षक तयार
_x000D_
_x000D_
उक्त साझेदारी कार्यान्वय गर्ने प्रहरीले टोलदेखि केन्द्रसम्म प्रशिक्षण दिने भएको छ। टोलदेखि केन्द्रसम्म समिति गठन गरेर प्रहरीले प्रशिक्षण दिने प्रहरी प्रवक्ता उत्तम सुवेदीले जानकारी दिए। जसका लागि प्रहरी प्रधान कार्यालयले ३३ जना केन्द्रीय प्रशिक्षक, २ सय ९३ जना प्रदेश तथा महानस्तरीय प्रशिक्षक र २ हजार १ सय ९७ जना जिल्ला स्तरीय प्रशिक्षक गरी जम्मा २५ सय २३ जना प्रशिक्षक तयार पारेको छ।
_x000D_
_x000D_
प्रशिक्षकहरुले गाउँ गाउँमा गएर समुदाय, विद्यायलय र प्रहरीबीचको समझदारीको आवश्यकता, यसको औचित्य, महत्वबारे जानकारी दिनेछन्। सँगै उनीहरुले अपराध न्यूनीकरण गर्न समुदायको महत्व र महिला तथा बालबालिकामाथि हुने अपराध रोक्न आत्मरक्षासम्मको तालिम दिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
_x000D_
_x000D_
यो कार्यक्रम लागू गर्नका लागि प्रहरी प्रधान कार्यालयमा राष्ट्रिय संरचना र पाठ्यक्रम विकास समिति गठन गरी विद्यालय सम्पर्क कार्यक्रमको लागि विस्तृत पाठ योजनासहितको १० वटा पाठ्यक्रम तयार पारिएको छ।
_x000D_
_x000D_
१ सय ६७ स्थानीय तहसँग साझेदारी पत्रमा हस्ताक्षर
_x000D_
_x000D_
यस साझेदारीमा केन्द्रीय तहमा प्रहरी प्रधान कार्यलय र प्रदेश कार्यलयको संयोजनमनमा नीतिगत संयन्त्रहरु रहने बताइएको छ। जिल्ला समिति, पालिका समिति, वडा समिति, टोल समिति, र प्रहरी विद्यालय सम्पर्क समिति रहने बताइएको छ। केन्द्रीय तहमा गृह मन्त्रालयको मातहतमा सम्बन्धित निकायहरु, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय संस्थाहरु र मिडियाहरु रहनेछन्। प्रदेश तहमा सम्बन्धित मन्त्रालयहरु संघ संस्थाहरु तथा मिडिया रहनेछन्।
_x000D_
_x000D_
७७ जिल्लामा जिल्ला समन्वय समतिहरु, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको प्रमुख साझेदारीमा संरचना निर्माण हुने बताइएको छ।
_x000D_
_x000D_
स्थानीय तहमा २५ सय ६५ प्रहरी इकाइ र ७५ हजार प्रहरीको सहभागितामा ७ सय ५३ स्थानीय तह, ६ हजार ७ सय ४३ वडामा सामाजिक संघसंस्था समाजका प्रतिष्ठित व्यक्तित्वहरुको समेत सहभागितामा जिल्ला, वडा र टोल समितिहरु निर्माण हुनेछन्।
_x000D_
_x000D_
जसका लागि अहिलेसम्म २ महानगरपालिका, ५ उपमहानगरपालिका, ८५ नगरपालिका ७५ गाउँपालिका गरी १ सय ६७ स्थानीयतहसँग साझेदारीपत्रमा हस्ताक्षर भइसकेको छ। बाँकी स्थानीय तहमा साझेदारी गरी कार्याक्रम लागू गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।