बाँके- रेडपाण्डा (हाब्रे) को छालासहित प्रहरीले गएराति कोहलपुर नगरपालिका–२ मुगाली बस्तीबाट सोही स्थानका ३१ वर्षीय मानबहादुर शाहीलाई पक्राउ गरेको छ।
_x000D_
_x000D_
प्रदेश नं ५ प्रहरी अनुसन्धान ब्युरो टोलीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलका अनुसार दुई थान रेडपाण्डाको छालासहित शाहीलाई उनकै घरबाट नियन्त्रणमा लिइएको हो। बरामद छाला र शाहीलाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय बाँकेमा बुझाइएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।