हिलिहाङ, पाँचथर- नेपाल तरुण दलको ६६औँ स्थापना दिवसको अवसरमा पाँचथरको फिदिममा पालिकास्तरीय दोस्रो तरुण गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्घाटन गर्दै नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले खेलकूद क्षेत्रमा राज्यले लगानी गर्न सके युवा खेलकूदप्रति आकर्षण हुने बताए।
_x000D_
_x000D_
प्रतियोगिताको उद्घाटन खेलमा हिलिहाङलाई शून्यका विरुद्ध तीन गोल अन्तरले पराजित गर्दै मिक्लाजुङ सेमिफाइनलमा प्रवेश गरेको छ। मिक्लाजुङका लागि पहिलो हाफको २७ आैं मिनेटमा सोमकुमार राई र दोस्रो हाफको ३८आँै मिनेटमा सुनील राईले गोल गरेका थिए ।
_x000D_
_x000D_
यस्तै हिलिहाङका रोधन सुहाङले दोस्रो हाफको ५०आैं मिनेटमा आत्मघाती गोल गरेका थिए। आजको खेलमा मिक्लाजुङको तर्फबाट उत्कृष्ट खेल प्रदर्शन गरेका मेहरमान खवास ‘म्यान अफ दि म्याच’ घोषित भए।
_x000D_
_x000D_
प्रतियोगिताको विजेताले नगद रु एक लाख एक हजार १६६ र उपविजेताले नगद रु ५१ हजार १ सय ६६ राशि प्रदान गरिने नेपाल तरुण दल पाँचथरका अध्यक्ष सुमन लामाले बताए। आगामी कार्तिक १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।