पोखरा- गण्डकी प्रदेश यातायात व्यवस्था कार्यालयले स्मार्ट लाइसेन्स वितरण सुरु गरेको छ। कार्यालयबाट अहिलेसम्म ५ हजार स्मार्ट लाइसेन्स वितरण भइसकेको गण्डकीमा स्मार्ट लाइसेन्सको अभाव भने कायमै रहने देखिएको छ। प्रदेशमा अझ ७० हजार स्मार्ट लाइसेन्स अभाव रहेकाे कार्यालयका निमित्त प्रमुख गोकुलप्रसाद शर्मा पौडेलले बताए।
_x000D_
_x000D_
‘गतवर्ष असार ५ गतेबाट स्मार्ट लाइसेन्स दिन सुरु गरेको भएपनि स्मार्ट लाइसेन्स अभावका सबैलाई वितरण गर्न सकेको थिएनौं,’ निमित्त प्रमुख पौडेलले भने, ‘अहिले पनि चालु आर्थिक वर्षको भदौसम्मको मात्रै लाइसेन्स आएको छ।’ भदौसम्ममा आवेदन दिएका ६ हजार जनाको मात्रै स्मार्ट लाइसेन्स आएको जानकारी उनले दिए।
_x000D_
_x000D_
सेवाग्राही बढी र सोही मात्रामा नेपाल सरकारले स्मार्ट लाइसेन्स छाप्न नसक्दा सेवाग्राही मर्कामा परेको उनले बताए। ‘अहिले निजी संस्थालाई लाइसेन्स छाप्न अधिकार दिएको छ। अबको २÷३ महिनाभित्र स्मार्ट लाइसेन्स अभाव हुँदैन,’ उनले भने। दैनिक १० हजार लाइसेन्स माग भएपनि स्मार्ट लाइसेन्स अभाव भएकाले ‘चिट’का आधारमा सेवा दिइरहेको उनको भनाइ छ।
_x000D_
_x000D_
भदौसम्मका ६ हजार लाइसेन्स आए पनि गण्डकी प्रदेशमा मात्रै ७० हजारले स्मार्ट लाइसेन्स पाउन बाँकी रहेको पौडेलले उल्लेख गरे। ‘वितरण गर्नुपर्ने ७० हजार बाँकी छ। त्यो ३ महिनाभित्रै वितरण गरिसक्ने लक्ष्य राखेका छौं।’ नेपाल सरकारले अबदेखि दैनिक २० हजार लाइसेन्स छाप्न निजी कम्पनीलाई अधिकार दिएकाले सबैको हातमा छिट्टै स्मार्ट लाइसेन्स हुने दाबी उनले गरे।
_x000D_
_x000D_
यातायात व्यवस्था विभागले लाइसेन्स छाप्न निजी कम्पनी मालिका इन्कर्पोरेटलाई जिम्मेवारी दिएको छ। मालिकाले २० वटा प्रिन्टर प्रयोग गरी दैनिक २० हजार लाइसेन्स छाप्ने जानकारी दिएको हो। नेपाल सरकार र मालिकाबीच सुरूको ३० हजारसम्म प्रतिकार्ड १३ रूपैयाँ र बाँकीमा प्रतिकार्ड १५ रुपैयाँमा छाप्ने सहमति भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।