पोखरा- पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत हुलास काठमाडौं रोयल्सले एक्पर्ट धनगढी बुल्जलाई १७ रनले पराजित गरेको छ।
_x000D_
_x000D_
काठमाडौंले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको धनगढीले २० ओभरमा १ सय ६३ रन मात्र जोड्न सक्यो।
_x000D_
_x000D_
धनगढीका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे। उनले ४२ बलमा ५४ रन जोड्न समान ३-३ चौका र छक्का प्रहार गरे। सन्दीप जोराले ११ बलमा २७ रनको योगदान दिए। सन्दीपले १ चौका र ३ छक्का हिर्काए।
_x000D_
_x000D_
ओपनर सन्दीप सुनार ११ रन र डेभिड लाउरेन्स ९ रनमै पेभिलियन फर्के। पिटर ट्रेगोले १९ र दिलिप नाथले १० रन भन्दा बढी जोड्न सकेनन्।
_x000D_
_x000D_
बलिङमा काठमाडौंका सुसन भारी र बसन्त रेग्मीले २-२ विकेट लिए। अमरसिंह रटेउलाले पनि २ विकेट नै हात पारे।
_x000D_
_x000D_
त्यसअघि पोखरा रंगशालामा शनिबार टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ८० रन जोड्यो।
_x000D_
_x000D_
काठमाडौंका लागि गौरव तोमरले सबैभन्दा बढी ४५ बलमा ९५ रन जोडे। आक्रामक ब्याटिङ गरेका उनले ४ चौका र १० छक्का प्रहार गरे। उनी अन्तिम ओभरको तेस्रो बलमा आउट हुँदा शतक बनाउन चुकेका थिए। उनले तेस्रो विकेटका लागि नरेश बुढाऐरसँग ९६ रनको साझेदारी गरेका थिए। बुढाऐरले २४ बलमा नटआउट ३६ रन जोडे।
_x000D_
_x000D_

_x000D_
_x000D_
त्यसअघि ओपनर अमित श्रेष्ठले १२ रन जोडेका थिए। उनले २१ बलमा २ चौका प्रहार गरे। अर्का ओपनर जयकिशन कोल्सावालाले ३० बलमा २५ रन जोडे।
_x000D_
_x000D_
बलिङमा धनगढीका पिटर ट्रगो, सागर ढकाल र कप्तान दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए।
_x000D_
_x000D_
प्रतियोगिताअन्तर्गत आइतबार धनगढी र विराटनगरबीच विहान ९ बजे प्रतिस्पर्धा हुनेछ। यस्तै दिउँसो १ बजे पोखरा र बुटवलबीच भिडन्त हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।