• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

व्यावसायिक भिसामा आएर काम, ८८ चिनियाँ नागरिक निष्कासनको प्रक्रियामा

64x64
नेपाल लाइभ बुधबार, असोज ७, २०८३  १८:२१
1140x725

काठमाडौं– नेपालमा लगानी तथा व्यावसायिक प्रयोजनका लागि लिएको भिसाको उद्देश्यविपरीत काम गरेको पाइएपछि ८८ जना चिनियाँ नागरिक कारबाहीमा परेका छन्। अध्यागमन विभागले उनीहरूको व्यावसायिक भिसा रद्द गरी जरिवानासहित नेपालबाट निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ।

अध्यागमन विभागले सम्बन्धित निकायसँगको समन्वयमा गरेको अनुगमनका क्रममा विदेशी नागरिकहरू आफूले भिसा प्राप्त गर्दा उल्लेख गरेको व्यवसाय वा लगानीसँग सम्बन्धित कामभन्दा फरक प्रकृतिको रोजगारी, श्रम तथा अन्य गतिविधिमा संलग्न रहेको भेटिएको जनाएको छ।

त्यसक्रममा सिन्धुलीको मरिण गाउँपालिका–४, साहानस्थित जियान फुड्स प्रालिमा कार्यरत ८८ जना चिनियाँ नागरिकले भिसाको उद्देश्यअनुसार काम नगरेको पाइएको हो। उनीहरूले अन्य कम्पनीको नाममा व्यावसायिक भिसा लिएर उक्त उद्योगमा काम गरिरहेको अनुगमनबाट खुलेको स्रोतको भनाइ छ।

चीनमा प्रशोधित भैँसीको मासु निर्यात गर्ने उद्देश्यले निर्माण भइरहेको उक्त उद्योगमा चीनको छेङ्दु तियान फुड लिमिटेडको आर्थिक साझेदारी रहेको छ। उद्योग निर्माणकै चरणमा रहे पनि त्यहाँ ठूलो संख्यामा चिनियाँ नागरिक कार्यरत रहेको विषय यसअघि पनि विवादमा आएको थियो।

अध्यागमन विभागका अनुसार व्यावसायिक भिसा लिँदा जुन उद्देश्य र व्यवसायका लागि स्वीकृति दिइएको हुन्छ, विदेशी नागरिकले नेपालमा रहँदा त्यही उद्देश्यअनुसारका गतिविधि गर्नुपर्छ। भिसाको आधार रोजगारी वा श्रमका लागि नभएको अवस्थामा सोही भिसाबाट अन्यत्र वा अन्य प्रकृतिको काम गर्न पाइँदैन।

अध्यागमन ऐन, २०४९ अनुसार कारबाही

भिसाको उद्देश्यविपरीत काम गरेको पुष्टि भएपछि ८८ जनाको व्यावसायिक भिसा रद्द गरिएको हो। उनीहरूलाई अध्यागमन ऐन, २०४९ बमोजिम जरिवाना गराएर निष्कासन गर्ने प्रक्रिया अघि बढाइएको अध्यागमन स्रोतले जनाएको छ।

अध्यागमन नियमावली, २०५१ ले पनि व्यावसायिक भिसा प्राप्त गरेका विदेशी नागरिकले भिसा स्वीकृतिको उद्देश्यअनुसार नेपालमा बस्नुपर्ने व्यवस्था गरेको छ। त्यस्तो भिसालाई रोजगारी, श्रम वा अन्य असम्बन्धित काममा प्रयोग गर्न नपाइने व्यवस्था छ।

Ncell 2
Ncell 2
nimb
nimb

विभागले पछिल्लो समय विदेशी नागरिकको भिसा प्रयोग र उनीहरू संलग्न गतिविधिबारे अनुगमन बढाएको जनाएको छ। विभागले विदेशी नागरिकलाई आफूले प्राप्त गरेको भिसाको उद्देश्य र सर्तअनुसार मात्रै गतिविधि गर्न आग्रह गर्दै आएको छ।

त्यस्तै, उद्योग, कम्पनी, प्रतिष्ठान तथा रोजगारदातालाई पनि सम्बन्धित निकायको स्वीकृति र उपयुक्त भिसाबिना विदेशी नागरिकलाई काममा नलगाउन निर्देशन दिइएको छ।

यसअघि नै उठेको थियो ठूलो संख्यामा चिनियाँ कामदारको प्रश्न

सिन्धुलीको यही मासु प्रशोधन उद्योगमा ठूलो संख्यामा चिनियाँ नागरिक कार्यरत रहेको विषय यसअघि पनि सार्वजनिक भएको थियो। उद्योग निर्माणका क्रममा करिब ५०१ जना चिनियाँ नागरिक कार्यरत रहेको र तीमध्ये अधिकांशले भिसाको उद्देश्यविपरीत काम गरिरहेको पाइएको विवरण सार्वजनिक भएको थियो।

Xtrem

Xtrem

सिन्धुली प्रशासनले गरेको अनुगमनका क्रममा केही विदेशी नागरिकले व्यावसायिक भिसाको सर्तविपरीत काम गरेको र केहीसँग राहदानीसमेत नरहेको पाइएको थियो।

त्यसपछि विदेशी नागरिकको भिसा, उनीहरूलाई काममा लगाउने कम्पनी र उनीहरूको वास्तविक कार्यक्षेत्रबारे प्रश्न उठेको थियो। पछिल्लो अनुगमनपछि भने ८८ जनाको भिसा रद्द गरी जरिवानासहित निष्कासनको प्रक्रिया अघि बढाइएको हो।

यस घटनाले नेपालमा विदेशी लगानी तथा व्यावसायिक प्रयोजनका लागि आउने विदेशी नागरिकले लिने भिसाको प्रयोग र उनीहरूलाई काममा लगाउने कम्पनीमाथि नियमन तथा अनुगमनको विषयलाई पुनः चर्चामा ल्याएको छ।

प्रकाशित मिति: बुधबार, असोज ७, २०८३  १८:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
महासभामा सम्बोधनका लागि प्रधानमन्त्री बालेन न्युयोर्कमा
भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन ट्रयाकको काम केही दिन स्थगित गरिने
१७ वर्षमै क्षेत्रीय प्रतिनिधि बनेका सुजलको जिम्मेवारी कांग्रेसले स्थगित गर्‍यो
सम्बन्धित सामग्री
व्यावसायिक भिसामा आएर काम, ८८ चिनियाँ नागरिक निष्कासनको प्रक्रियामा अध्यागमन विभागले सम्बन्धित निकायसँगको समन्वयमा गरेको अनुगमनका क्रममा विदेशी नागरिकहरू आफूले भिसा प्राप्त गर्दा उल्लेख गरेको व्यवसाय... बुधबार, असोज ७, २०८३
गृहमा १४६ कर्मचारीको सरुवा, ४९ शाखा अधिकृतसहित ९७ नासु फेरिए [सूचीसहित] यही असोज ५ गतेको निर्णयअनुसार ९७ नासुलाई सरुवा गरेको मन्त्रालयले असोज ६ गतेको निर्णयबाट ४९ शाखा अधिकृतलाई सरुवा गरेको हो । सरुवाका द... बुधबार, असोज ७, २०८३
असोज ९–११ मा अति भारी वर्षाको सम्भावना, बालेनले गरे पूर्वसतर्क रहन आग्रह सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायहरूलाई आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन पनि उनले आग्रह गरेका छन् । बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
महासभामा सम्बोधनका लागि प्रधानमन्त्री बालेन न्युयोर्कमा बुधबार, असोज ७, २०८३
भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन ट्रयाकको काम केही दिन स्थगित गरिने बुधबार, असोज ७, २०८३
१७ वर्षमै क्षेत्रीय प्रतिनिधि बनेका सुजलको जिम्मेवारी कांग्रेसले स्थगित गर्‍यो बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
व्यावसायिक भिसामा आएर काम, ८८ चिनियाँ नागरिक निष्कासनको प्रक्रियामा बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्