_x000D_
_x000D_
पोखरा- पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत हुलास काठमाडौं रोयल्सले एक्पर्ट धनगढी बुल्जलाई १ सय ८१ रनको लक्ष्य दिएको छ।
_x000D_
_x000D_
पोखरा रंगशालामा शनिबार टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ८० रन जोड्यो।
_x000D_
_x000D_
काठमाडौंका लागि गौरव तोमरले सबैभन्दा बढी ४५ बलमा ९५ रन जोडे। आक्रामक ब्याटिङ गरेका उनले ४ चौका र १० छक्का प्रहार गरे। उनी अन्तिम ओभरको तेस्रो बलमा आउट हुँदा शतक बनाउन चुकेका थिए। उनले तेस्रो विकेटका लागि नरेश बुढाऐरसँग ९६ रनको साझेदारी गरेका थिए। बुढाऐरले २४ बलमा नटआउट ३६ रन जोडे।
_x000D_
_x000D_
त्यसअघि ओपनर अमित श्रेष्ठले १२ रन जोडेका थिए। उनले २१ बलमा २ चौका प्रहार गरे। अर्का ओपनर जयकिशन कोल्सावालाले ३० बलमा २५ रन जोडे।
_x000D_
_x000D_
बलिङमा धनगढीका पिटर ट्रगो, सागर ढकाल र कप्तान दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए।
_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।