काठमाडौं– प्रतिनिधिसभा सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई संसद्को मर्यादा कायम राख्न नियमावली पालना गर्न सचेत गराएका छन्।
मंगलबारको बैठक अन्त्य गर्दै सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली–२०८३ का नियम २० र २१ सम्झाउँदै बैठकमा मोबाइल फोन प्रयोग, फोटो तथा भिडियो खिच्ने र रेकर्ड गर्न रोक रहेको बताए।
नियम २०(ट) अनुसार बैठक कक्षमा मोबाइल मौन अवस्थामा राख्नुपर्ने र फोनमा कुरा गर्न, फोटो खिच्न तथा अडियो–भिडियो रेकर्ड गर्न पाइँदैन।
त्यस्तै, नियम २१ ले छलफलका क्रममा अशिष्ट वा असंसदीय शब्द प्रयोग नगर्न, व्यक्तिलाई होच्याउने गरी नबोल्न र सदनको कार्यमा बाधा पुर्याउने गरी बोल्ने अधिकार दुरुपयोग नगर्न भनेको छ।
मंगलबारकै बैठकमा सांसदहरूले न्यायालयबारे टिप्पणी र त्यसमा नियमापत्तिसमेत गरेका थिए। त्यसपछि सभामुखले कुनै सांसदको नाम नलिई सदनलाई मर्यादित र व्यवस्थित बनाउन सबै सदस्यको जिम्मेवारी रहेको स्मरण गराएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।