complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमाले केन्द्रीय बैठक : नेताहरूको फरक–फरक धारणा, ओलीप्रति नरम

64x64
नेपाल लाइभ मंगलबार, असोज ६, २०८३  १८:१७
1140x725

काठमाडौं– ललितपुरमा जारी नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकमा पार्टीको आगामी दिशा, निर्वाचनमा भएको पराजयको समीक्षा, संगठन सुधार, नेतृत्व पुनर्गठन तथा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणलगायतका विषयमा केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् । 

बैठकमा अध्यक्षले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी रहँदा पार्टीभित्रको आन्तरिक अवस्था, नेतृत्वको कार्यशैली, बैठक सञ्चालनको विधि तथा जनतासँग पार्टीको सम्बन्धबारे समेत सदस्यहरूले प्रश्न उठाएका छन् ।

बैठकमा सहभागी नेताहरूका अनुसार बाहिर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा देखिएको बहस अहिले बैठक हलभित्रै प्रवेश गरेको छ ।

अध्यक्षको सहमतिविना अगाडि बढ्दैनौं : महेश बस्नेत

बैठक हलबाहिर नेपाल न्यूज बैंकसँग कुरा गर्दै एमाले सचिव महेश बस्नेतले अध्यक्ष परिवर्तन गर्ने वा विशेष महाधिवेशन बोलाउने विषय आफूहरूले नउठाएको स्पष्ट पारे । उनका अनुसार पार्टीलाई पुनर्संरचना वा रिफर्म गर्ने विषयमा मात्र छलफल भइरहेको छ ।

उनले भने, ‘अध्यक्षलाई फेर्ने कुरा कहिले पनि होइन । विशेष महाधिवेशन बोलाउने र त्यसको नेतृत्व गर्ने कुरा हामीले कहिले पनि गरेका छैनौं । पार्टीलाई पुनर्सङ्गठन होइन कि पुनर्संरचना अथवा रिफर्म गर्ने कुरा मात्रै गरेका हौं । र अध्यक्षको सहमति बिना हामी नयाँ अध्यक्षका दाबेदार होइनौं ।’

बस्नेतले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेलले पनि अध्यक्षको भावना, राजनीतिक प्रतिवेदन र आफूहरूको धारणाबीच फरक नरहेको बैठकमा स्पष्ट पारेको बताए । 

उनका अनुसार बैठक सुरु हुँदा खाजाको समयसम्म ४१ जना नेताले धारणा राखेका थिए । तीमध्ये चार–पाँच जनाले आलोचनात्मक दृष्टिकोण राखे पनि अधिकांशले अध्यक्षको प्रतिवेदनलाई समर्थन गरेको उनको भनाइ छ ।

Ncell 2
Ncell 2
nimb
nimb

बस्नेतले एमालेले संगठनलाई सुदृढ बनाउँदै जनतासँग टुट्न खोजेको सम्बन्ध पुनः जोड्ने र डिजिटल माध्यमबाट फैलाइएका भ्रम चिर्ने गरी अघि बढ्नुपर्ने बताए ।

बैठकमा उठेका असन्तुष्टिका विषयमा पनि बस्नेतले प्रष्ट पारेका छन् । एमाले नेता कृष्णगोपाल श्रेष्ठले बैठक सञ्चालन पद्धतिबारे प्रश्न उठाएको र तोकिएको समयभित्र आफ्नो धारणा राख्न नसकेपछि केही समय असन्तुष्टि जनाएको उनले बताए । 

यस्तै, कर्ण थापाले विधान अधिवेशनदेखि आफूले राख्न चाहेको फरक मत बैठकमा राख्न पाउनुपर्ने माग गरेको बस्नेतको भनाइ छ । पूर्वराष्ट्रपतिको सक्रियतालगायतका विषयमा आफूले धारणा राख्न नपाएको भन्दै थापाले प्रश्न उठाएको उनले बताए । 

बस्नेतले पार्टीभित्र फरक धारणा राख्नु स्वाभाविक भए पनि त्यसलाई लिएर गुट निर्माण हुने अवस्था आउन नहुने बताए। उनले पार्टी अध्यक्ष र मूल नेतृत्वलाई केन्द्रमा राखेर संगठन सञ्चालन गर्नुपर्ने धारणा राखे । 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘अध्यक्ष र मूल नेतृत्वलाई मानेर नै पार्टीहरू चलाउनुपर्छ । त्योभन्दा फरक अराजक ढङ्गले, जताततै छरिएर, जताततै बसेर, जताततै घुमेर १० वटा टाउको नेता भएर, १० वटा गुट बनाएर पार्टी निर्माण हुन सक्दैन,’ उनले भने ।

निर्वाचनमा भएको पराजयको निर्मम समीक्षा हुनुपर्छ : ठाकुर गैरे

यस्तै बैठकमा एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले निर्वाचनको समीक्षा तथा पुनर्गठनसम्बन्धी कार्यदलले तयार पारेको प्रतिवेदनलाई पनि केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरी अध्यक्षको राजनीतिक प्रतिवेदनसँगै छलफल गर्नुपर्ने धारणा राखेका छन् । 

उनका अनुसार पार्टी सुधारका विषयहरू माथिबाट मात्र निर्धारण नभई जनस्तर र कार्यकर्ता तहबाट उठेका प्रश्नलाई सम्बोधन गरेर अघि बढ्नुपर्ने आवश्यकता छ ।

गैरेले निर्वाचनमा भएको पराजयको निर्मम समीक्षा गर्दै त्यसबाट देखिएका कमजोरी स्वीकार गर्नुपर्ने बताए । 

उनले भने, ‘जनस्तर वा कार्यकर्ता स्तरबाट उठेका जायज विषयहरूलाई सम्बोधन गरेर जाने कुरा नै सही हुन्छ । र त्यसको लागि निर्वाचनको पराजयलाई पनि निर्ममतापूर्वक समीक्षा गर्नुपर्यो र त्यसलाई ग्रहण गर्नुपर्यो।’

गैरेले निर्वाचन समीक्षाबाट देखिएका पार्टी सुधारका एजेन्डालाई केन्द्रीय कमिटीले सम्बोधन गरी कार्यान्वयनको प्रक्रिया र मोडेल बनाउनुपर्ने बताए । त्यस क्रममा नेतृत्व पुनर्गठन, नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको विषय पनि आउने उनको भनाइ छ ।

अध्यक्षले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पनि पुनर्गठन, हस्तान्तरण र पुस्तान्तरणजस्ता शब्दहरू उल्लेख भएकाले त्यसको परिभाषा र व्याख्या देशभरका कार्यकर्ताको भावना र अपेक्षाअनुसार हुनुपर्ने गैरेले बताए ।

गैरेले एमालेभित्र बहुपदीय प्रणाली रहेकाले पदाधिकारीको काम, कर्तव्य र अधिकार विधानले परिभाषित गरेको बताए । पार्टीलाई व्यक्तिप्रधान नभई नीतिप्रधान र विधिसम्मत ढंगले सञ्चालन गर्नुपर्ने उनको धारणा छ ।

उनका अनुसार पार्टीको वैधानिक व्यवस्था र विगतदेखि चल्दै आएको अभ्यासलाई सँगसँगै लिएर अघि बढ्न सके निर्णय प्रक्रियामा सबैको सहभागिता सुनिश्चित हुने र सामूहिक निर्णय कार्यान्वयनमा पनि सबैको जिम्मेवारी रहनेछ ।

मिडियामा भएको गर्मागर्मी हलभित्र प्रवेश गरेको छ : आरसी लामिछाने

एमाले संगठन विभागका सचिवसमेत रहेका केन्द्रीय सदस्य आरसी लामिछानेले बैठकमा अध्यक्षले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र समग्र विषयमा केन्द्रित भएर सदस्यहरूले धारणा राखिरहेको बताए । 

उनका अनुसार पार्टी पुनर्गठनको मोडालिटीबारे अहिले छलफल भइरहेको छ । निर्वाचनको समीक्षा पछि पार्टी कसरी पुनर्गठित हुने भन्ने विषयमा बैठकले निष्कर्ष निकाल्नुपर्ने उनको भनाइ छ ।

लामिछानेले भने, ‘मिडियामा गर्मागर्मी बहस भएको थियो, हाल त्यो बहस बैठक हलभित्र प्रवेश भएको छ ।’

उनले बैठकबाट जनताले उठाएका प्रश्नको चित्तबुझ्दो जवाफसहित बाहिर निस्कनुपर्ने बताए । नेताहरूबीच मात्र समझदारी भएर नहुने भन्दै जनताले पार्टीको निर्णयलाई स्वीकार गर्ने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ छ । 

लामिछानेले बैठकको मुख्य चुनौतीका रूपमा जनतासँगको सम्बन्ध पुनःस्थापित गर्न सक्ने निष्कर्ष निकाल्नुपर्ने विषयलाई औंल्याए । उनका अनुसार पार्टीको निष्कर्ष जनतालाई चित्त बुझ्ने खालको हुनुपर्छ । 

लामिछानेले पार्टी पुनर्गठनसम्बन्धी कार्यदलले अध्यक्षलाई एकमतसहित प्रतिवेदन बुझाएको र कठिन परिस्थितिका बाबजुद एमाले एक ठाउँमा रहनु महत्वपूर्ण भएको बताए । 

उनका अनुसार अध्यक्ष, उपाध्यक्ष र महासचिवका आ–आफ्ना कार्यशैली हुन सक्छन् । त्यसलाई पार्टी विभाजन वा नेतृत्वबीचको गम्भीर मतभेदका रूपमा प्रचार गर्न आवश्यक नरहेको उनले बताए ।

बैठकमा महासचिवले बैठक सञ्चालन नगरेको विषयमा समेत केही सदस्यले असन्तुष्टि व्यक्त गरेको लामिछानेले बताए । विधान र व्यवहार दुवैलाई हेरेर पार्टी सञ्चालनको पद्धति तय गर्नुपर्ने उनको धारणा छ ।

यसबीच एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदनमाथिको छलफल जारी छ । बैठकमा निर्वाचन समीक्षा, पार्टी सुधार, संगठन पुनर्गठन, नेतृत्व हस्तान्तरण तथा पुस्तान्तरण, विधानअनुसार पार्टी सञ्चालन र आगामी स्थानीय तह निर्वाचनका लागि संगठन परिचालनलगायतका विषयमा सदस्यहरूले धारणा राखिरहेका छन् । 

केन्द्रीय सदस्य ठाकुर गैरेका अनुसार अध्यक्षको राजनीतिक प्रतिवेदनमा राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र लोकतन्त्रको रक्षा तथा संविधानको संरक्षणलाई प्रमुख कार्यभारका रूपमा अघि सारिएको छ । साथै आगामी स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर पार्टी परिचालन गर्ने विषयलाई पनि आगामी कार्यदिशाका रूपमा जोड दिइएको छ ।

पार्टीमा फरक दृष्टिकोणलाई अन्यथा लिनुहुँदैन : महर

बैठकको छलफलबाट आएका फरक–फरक धारणालाई समेट्दै पार्टीको आगामी राजनीतिक तथा संगठनात्मक दिशा तय गर्ने एमाले सांसद ऐन बहादुर महरले बताए । 

उनले भने, ‘यति ठूलो पार्टीमा फरक दृष्टिकोण हुन अन्यथा लिनुहुँदैन । अहिलेसम्म बोल्नुभएका केन्द्रिय सदस्यहरुले पार्टी एकताको पक्षमा, सुदृण बनाउने र पार्टीलाई अझ तलबाट आएका बिचारलाई समेटेर एमाले बलियो बन्छ भन्ने कुरा भइरहेको छ ।’

बैठकले एमालेको संगठन, नेतृत्व र जनतासँगको सम्बन्धलाई कसरी अघि बढाउने भन्ने विषयमा निर्णय गर्ने समेत नेताहरूले बताएका छन् ।

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  १८:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो
सम्बन्धित सामग्री
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणबारे पार्टीको केन्द्रीय अनुशासन आयोगलाई लिखित स्प... बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा आयोगका अध्यक्ष रामबहादुर थापामगरले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पे... बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई १८ करोड ४८ लाखभन्दा बढी राहत वितरण स्थानीय तहसँगको समन्वयमा पहिचान भएका बाढीपीडित परिवारलाई दोहोरो राहत नपर्ने गरी एकद्वार प्रणालीमार्फत रकम उपलब्ध गराइएको सरकारले जना... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह बिहीबार, असोज २९, २०८३
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका बिहीबार, असोज २९, २०८३
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो बिहीबार, असोज २९, २०८३
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली बिहीबार, असोज २९, २०८३
विपद्पछिको पुनरुत्थानमा सहयोग गर्न एडीबीलाई अर्थमन्त्री वाग्लेको आग्रह बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्