काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यसंयोजन समितिको बैठक सुरु भएको छ। केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक जारी रहेको प्रवक्ता प्रकाश ज्वालाले बताए।
बैठकले पछिल्ला विकसित राजनीतिक घटनाक्रम, महाधिवेशन कार्यतालिकालगायतका विषयमा निर्णय लिनेछ।
नेकपाले यसअघि सार्वजनिक गरेको महाधिवेशन कार्यतालिका प्रभावित भइसकेको छ। बैठकले नयाँ कार्यतालिका ल्याउनेछ।
बैठकमा छलफलका लागि ८ एजेन्डा पेश भएको प्रवक्ता ज्वालाले बताए।
यी हुन् एजेन्डा:
१. शहीदप्रति श्रद्धाञ्जली
२. संयोजक सहसंयोजक द्वारा वर्तमान राष्ट्रिय परिस्थिति र हाम्रो दायित्वका विषयमा मन्तव्य
३. महाधिवेशन र अधिवेशनहरूबारे
४. सचिवालय र कार्य समिति बैठक
५. पार्टी र जनवर्गीय सङ्गठनहरूको समायोजन र सदस्यता नवीकरण
६. विशेष सङ्गठन सुदृढीकरण अभियान
७. पार्टीमा समाहित गर्ने बारे
८. विविध क) भोटेकोशी बाढी पीडितको पुनर्स्थापना र पुनर्निर्माण अभियान
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।