काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अपराधी संरक्षण गर्न सरकार अाफैं लागिपरेको आरोप लगाएका छन्। शनिबार तरुण दलको ६५औं स्थापना दिवसको अवसरमा बिपी स्मृति भवन सानेपामा आयोजित कार्यक्रममा सभापति देउवाले सो कुरा बताएका हुन्। 'अपराधीलाई कारबाही गर्नको सट्टा सरकार स्वयमले अपराधी संरक्षण गरेको छ' उनले भने।
_x000D_
_x000D_
कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई उम्काउने कोसिस सरकारले गरेको उनले दाबी गरे। बलात्कार र हत्या जस्तो जघन्य अपराधमा संलग्नलाई कुनै पनि राजनीतिक दलको संरक्षणमा उम्कन नहुने भन्दै उनले त्यसविरुद्ध कांग्रेसले निरन्तर खबरदारी गर्ने उद्घोष गरे।
_x000D_
_x000D_
विभिन्न कालखण्डमा मुलुकमा भएका राजनीतिक परिर्वतनमा तरुण दलको विशेष योगदान रहेको स्मरण गर्दै सभापति देउवाले भावी दिनमा पनि देशको जिम्मेवारी काँधमा लिन तयार रहन तरुण दललाई निर्देशन दिए। 'मुलुकमा हत्या हिंसाका घटना बढ्दै गएको र अपराधीलाई संरक्षण गर्ने सरकारको कार्यशैलीले दण्डहीनता बढाएको छ। देश र जनताको हितका पक्षमा जिम्मेवारीपूर्वक दायित्व बहन गर्ने बेला आएको छ,' उनकाे भनाइ थियो।
_x000D_
_x000D_
तरुण दलका अध्यक्ष जीतजंङ्ग बस्नेतले तरुण दल सधै बिपीको विचार र आदर्शको बाटोमा हिड्ने कोसिसमा रहेको भन्दै पछिल्लो समय मुलुकमा व्याप्त भ्रष्टाचार र हत्या-हिंसाविरुद्ध लड्न सक्ने तागतको रुपमा स्थापित हुँदै गएको बताए। अध्यक्ष बस्नेतले राष्ट्र र राष्ट्रियता तथा जनताको हित विपरीतका जुनसुकै कदम विरुद्ध तरुण दल सडकमा उत्रने उद्घोष गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।