काठमाडौं- बेलायतका राजा जोन फ्रान्सबाट आफ्नो एक टुक्रा जमिन पनि फिर्ता लिन नसक्दा निकै तनावमा थिए। यो सन् १२१५ तिरको कुरा हो, जब विश्व विजेता बेलायतको भूभागमाथि फ्रान्सका शासकको नियन्त्रण थियो। बेलायतका राजा जोनले फ्रान्स नियन्त्रित आफ्नो भूभाग फिर्ता गर्न ठूलो धनराशी खर्च गरे पनि त्यसको प्रभाव खासै देखिएको थिएन। फ्रान्ससँग युद्ध गर्न राजा जोनबाट आर्थिक रुपमा पोषित विद्रोही समूह नै उनीविरुद्ध उत्रिने खतराको संकेत बेलायती आकाशमा मडारिन थालिसकेको थियो।
_x000D_
_x000D_
त्यस्तो जटिल समयमा राजा जोनलाई विद्रोही समूहसँग शान्ति सम्झौता गर्नेबाहेक अरु विकल्प थिएन। १५ जुन १२१५ मा थेम्स नदी नजिक रहेको रन्नीमेडमा राजा जोनले विद्रोही पक्षलाई शान्ति सन्धिको माध्यमबाट शाही घोषणामार्फत जुन राजनीतिक अधिकार प्रत्यायोजन गरे, यही हो म्याग्ना कार्टा।
_x000D_
_x000D_
विद्रोही समूहको हात माथि रहेको अवस्था र त्यही कारण कालान्तरमा राजसंस्थाबाट आफ्नो हकअधिकार कुण्ठित हुन सक्ने भएकाले उनले यो कूटनीतिका चाल अघि सारे। केही मानिस यस घटनाबाट प्रजातन्त्रको सुरुवात भएको पनि मान्छन्, तर यसमा पूर्ण सत्यता छैन। उक्त शाही घोषणाको ३९औँ अध्याय पछिल्लो संस्करणको २९औँ भागमा कानुनी प्रक्रियालाई सही प्रकारले मान्ने व्यवस्था छ। जसमा कुनै पनि राज्यको प्रचलित कानुन उल्लंघन नगरेको अवस्थामा स्वतन्त्र मानिसलाई राज्यबाट नियन्त्रणमा लिन वा जेलमा राख्न नपाइने उल्लेख छ। जुन व्यवस्थालाई पहिलादेखि हालसम्म पालना गरिँदै आइएको छ।
_x000D_
_x000D_
शान्ति सम्झौताको रुपमा यो एक विफल प्रयास थियो। यो व्यवस्था लागू भएको एक महिनापछि नै राजा जोनले यसलाई अस्वीकार गर्ने बताएका थिए। तर त्यसको एक वर्षपछि नै उनको निधन भयो जसका कारण शाही घोषणा धरापमा परेन। उनीपछि बेलायतका राजा भएका ९ वर्षीय हेनरी तृतीयका राज्य संरक्षक रहेका विलियम मार्शलले विद्रोहीहरुलाई नाबालक राजालाई सहयोग गर्दै फ्रान्समाथि आक्रमण गर्न प्रेरित गरे। उनको आग्रहले काम गर्यो। विद्रोहीहरु पुनः एकीकृत भए र शाही घोषणाको रुपमा रहेको म्याग्ना कार्टालाई संशोधन गरियो।
_x000D_
_x000D_
यद्यपि, म्याग्ना कार्टा मध्ययुगीन इतिहासको कुनै कुनामा हराउने सम्भावना नभएको होइन। यदि यो दुई राजनीतिक परिर्वतनको साक्षी हुँदैन थियो भने र आतंककारीहरुले आफूलाई परम्परावादी देखाउँदा सहज महसुस गर्दैन थिए भने त्यसो हुने सम्भावना पनि थियो।
_x000D_
_x000D_
पहिलो राजनीतिक परिवर्तन भनेको अंग्रेज गृहयुद्ध हो, जहाँ पूर्व मुख्य न्यायाधीश सर एडवर्डले कार्टालाई आफ्नो अनुकूल व्याख्या गरे। उक्त बडापत्रमा राजाको शक्तिलाई सीमित गर्ने धारा रहेको तर्क गर्दै सो अधिकारको माग गर्दै उजुरी जाहेर गरे। जुन व्यवस्थालाई स्वीकार गर्न ससंद्का सदस्यले राजालाई बाध्य पारे।
_x000D_
_x000D_
दोस्रो परिवर्तन जसले म्याग्ना कार्टालाई पुनरुत्थान गर्यो; त्यो थियो अमेरिकी स्वतन्त्रता युद्ध। जसमा विद्रोही उपनिवेशवादीले बडापत्रको हवला दिँदै संसदको विरोध गरे, जसरी सांसदले बडापत्रको प्रयोग राजाविरुद्ध गरेका थिए।
_x000D_
_x000D_

_x000D_
_x000D_
जुन किसिमको म्याग्ना कार्टा राजा जोनले १२१५ मा घोषणा गरेका थिए, त्यही किसिमको म्याग्ना कार्टा अहिले छैन। सयौं कपी बाँडिएकोमा हाल ब्रिटिस पुस्तकालयमा जम्मा दुई वटा रहेका छन्। एक लिंकन क्याथेरल र अर्को सेलिसबरी क्याथेरल। यसमा रहेका प्रावधानहरु प्रायः निस्तेज भएका छन्। सक्कली बडापत्रमा रहेको ६३ अध्यायमा स्वतन्त्र चर्च सम्बन्धी, लन्डन सहर स्वतन्त्रता सम्बन्धी र अध्याय ३९ मा रहेको प्रावधान बेलायतको कानुनी पुस्तकमा रहेको छ। यी तीनबाहेक अरु बडापत्रका अध्याय चलनचल्तीमा छैनन्। तर मनोमानी हिसाबमा शासन गर्ने अतिवादीहरुको विरुद्धमा यो लामो समयको संर्घषबाट प्राप्त शक्तिको प्रतीकको रुपमा भने यद्यपि रहिरहेकै छ।द इकोनोमिस्टको सहयोगमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।