परासी– पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेको विद्यालयमा आगलागी भएको छ।
_x000D_
_x000D_
गए राति आगलागी भए पनि आज बिहान ६ः३० बजेमात्र आगलागी भएको थाहा भएको अध्यक्ष पाण्डेले बताए। उनले गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि विद्यालय सञ्चालनको जिम्मा भाइ सागर पाण्डेलाई दिएका थिए।
_x000D_
_x000D_
सुस्ता गाउँपालिका–२ महलबारीमा रहेको क्यानल सेन्टर आवासीय माविको कार्यालयमा आगलागी भएको हो। आगलागीबाट करीब ८ लाख बराबरको क्षति भएको र विद्युत् सर्ट भएर आगलागी भएको पाण्डेले बताए। आगलागीबाट कार्यालयमा रहेको फर्निचर, ल्यापटप कम्प्युटर, कागजपत्र जलेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।