काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नुअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूसँग छलफल गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार भएको भेटमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र नेता विश्वप्रकाश शर्मा सहभागी थिए।
महासभामा नेपालको सहभागिता तथा त्यहाँ उठाइने विषयबारे आवश्यक छलफल गर्न प्रधानमन्त्री शाहले प्रमुख प्रतिपक्षी दलका प्रतिनिधिलाई बोलाएको बताइएको छ।
प्रधानमन्त्री शाह मंगलबार अपराह्न संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने तयारीमा छन्। उनी संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।