परासी- पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–२ महलबारीमा रहेको क्यानल सेन्टर आवासीय माविमा आगलागी भएको हो।
_x000D_
_x000D_
गएराति आगलागी भए पनि आज बिहान ६ः३० बजेमात्र आगलागी भएको थाहा भएको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेको बताए। गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि विद्यालय सञ्चालनको जिम्मा उनले भाइ सागर पाण्डेलाई दिएका थिए।
_x000D_
_x000D_
आगलागीबाट करिब रु ८ लाख बराबरको क्षति भएको र विद्युत् सर्ट भएर आगलागी भएको पाण्डेको भनाइ छ। आगलागीबाट कार्यालयमा रहेको फर्निचर, ल्यापटप कम्प्युटर, कागजपत्र जलेका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।