काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा सचिवालयले तय गरेका विभिन्न एजेण्डामाथि छलफल हुने भएको छ।
बैठकको सुरुवात अध्यक्षको मन्तव्य र राष्ट्रिय गानबाट हुने कार्यसूची तय गरिएको छ। त्यसपछि नयाँ सदस्यहरूको मनोनयन तथा अध्यक्षको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
बैठकमा पछिल्लो निर्वाचनको समीक्षा पनि गरिने भएको छ। निर्वाचनमा पार्टीको अवस्था, प्राप्त उपलब्धि तथा आगामी दिनमा गर्नुपर्ने संगठनात्मक सुधारका विषयमा छलफल हुने जनाइएको छ।
त्यस्तै, पार्टी पुनर्गठनका लागि गठन गरिएको कार्यदलले तयार पारेको प्रतिवेदनसमेत केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिनेछ। प्रतिवेदनमाथि छलफल गर्दै पार्टीको संगठन सुदृढीकरण र आगामी कार्यदिशाबारे आवश्यक निर्णय लिने तयारी एमालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।