काठमाडौं– तीन वटा संसदीय समितिको बैठक सोमबार बस्ने भएको छ।
सोमबार कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिको बैठक बस्ने भएको हो।
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान १० बजे बस्ने भएको हो। बैठकमा रसुवास्थित भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा विपद् व्यवस्थापन, प्रभावित नागरिकको मानव अधिकार संरक्षण तथा जलवायु न्याय सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ।
यसैगरी, बिहान ९ बजे बस्ने कृषि तथा प्राकृतिक स्रोत समितिमा नार्क अन्तर्गतका क्षेत्रीय कार्यालय तथा अनुसन्धान केन्द्रहरूको स्थलगत अनुगमनबाट पहिचान भएका समस्या तथा चुनौती, प्राप्त निष्कर्ष एवं कृषि अनुसन्धान प्रणाली सुदृढीकरणका उपायका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ।
यस्तै, पूर्वाधार विकास समितिको बैठकमा बाढी तथा पहिरो प्रभावित जिल्लाहरू (रसुवा, नुवाकोट, धादिङ) मा जनजीवन र पूर्वाधारमा परेको क्षति, पुनस्र्थापना तथा पुनर्निर्माणका सम्बन्धमा र पुनर्निर्माणको लागि आवश्यक लगानी व्यवस्थापन सम्बन्धमा छलफल हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।