चितवन– नारायणगढ–मुग्लिन सडक खण्डस्थित गाईघाटमा गए राति बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
_x000D_
_x000D_
भरतपुर महानगरपालिका–२९ मा बोलेरोले पैदलयात्रीलाई ठक्कर दिदाँ घाइतेकाे मृत्यु भएको हो। उपचारका क्रममा अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
_x000D_
_x000D_
मृतक अन्दाजी ४० वर्षका भएको र उनको सनाखत हुननसकेको प्रहरीले जनाएको छ। कुखुरा बोक्ने सोतो रङ्गको बोलेरोले पैदलयात्रीलाई ठक्कर दिएको थियो। ठक्कर दिने बोलेरो र चालक फरार रहेकाले उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।