काठमाडौं– प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा आइतबार (असोज ४) चीन भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । चारदिने भ्रमणका लागि उनी चीन गएका हुन् ।
सर्वोच्चका प्रवक्ता एवम् सहरजिष्ट्रार अर्जुन कोइरालाका अनुसार, चाइना ल सोसाइटीको आयोजनामा हुन गइरहेको ‘चाइना फोरम अन इन्टरन्यासनल लिगल कोअपरेसन–२०२६’ कार्यक्रममा सहभागी हुन प्रधानन्यान्याधीश शर्मासहितको भ्रमण दल त्यसतर्फ प्रस्थान गरेको हो ।
चाइना साउर्थन एअरलान्सको विमानमार्फत चीनको गोन्जाउ प्रस्थान गरेको प्रवक्ता कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । भ्रमणपश्चात २०८३ असोज ८ गते (२४ सेप्टेम्बर–२०२६) दिन प्रधानन्यायाधीश डा. शर्मासहितको भ्रमण दल स्वदेश फिर्ता हुनेछ ।
उक्त भ्रमण दलमा प्रधानन्यायाधीश डा. शर्माकी धर्मपत्नी उमा शर्मा, मुख्य रजिष्ट्रार बिमल पौडेल र उपरजिष्ट्रार राजेन्द्र पौडेल समेतको सहभागिता रहेको जनाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।