काठमाडौं– १८ जिल्लाका साना नदीमा आइतबार आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार धनकुटा, उदयपुर, सिन्धुली, खोटाङ, ओखलढुङ्गा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा, नुवाकोट, धादिङ, काठमाडौं, भक्तपुर, ललितपुर, बाँके र बर्दिया तथा आसपासका जिल्लाबाट बहने साना नदीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको छ।
ती जिल्लाका साना नदीमा बहाव बढेसँगै आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।