भक्तपुर- अवैध लागुऔषध गाँजा बिक्री वितरण गर्दै गरेको अवस्थामा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ। पक्राउ पर्ने सिन्धुली घ्याङलेख गापा–३ तामाजोर घर भई हाल मध्यपुरथिमि नपा–६ कमेरोटारमा खाजाघर सञ्चालन गर्दै आएकी २२ वर्षीया शान्तिमाया वाइबा रहेकी छन्।
_x000D_
_x000D_
गाँजा बिक्री गर्दैगर्दा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका नायब प्रहरी उपरीक्षक रेवतीरमण श्रेष्ठले जानकारी दिए।
_x000D_
_x000D_
प्रहरीले वाइबाको साथबाट पोल्यान्ड भनिने गाँजा ३० ग्राम, गाँजा ८२ पोका अर्थात् दुई केजी ४६० ग्राम, गाँजा पोका पार्न राखिएको प्लाष्टिक एक केजी ७०० ग्राम बरामद गरेको छ।
_x000D_
_x000D_
वाइबामाथि थप अनुसन्धान गरी आवश्यक कारवाही अगाडि बढाएको पनि प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।