राजविराज– विद्यालय बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ।
_x000D_
_x000D_
मृत्यु हुनेमा सप्तरी पाँचकिलोका गुनानन्दन यादवको ६ वर्षीय छोरा शिवमकुमार यादव रहेको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
रुपनीबाट राजविराजतर्फ आउँदै गरेको ना३ख ७३९० नं को कंकालिनी एकेडेमी स्कूल बसको ठक्करबाट गम्भीर घाइते भएका बालक यादबको उपचारका क्रममा शुक्रबार राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा मृत्यु भएको हो। बाटो काट्ने क्रममा बसले उनलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
_x000D_
_x000D_
बस र चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारवाही अगाडि बढाएको प्रहरीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।