भद्रपुर– घाँस काट्ने हँसियाको धारिलो टुप्पो आँखामा गाडिएर गम्भीर घाइते भएकी दमक–२ की आठ वर्षीया अंशु गिरीको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा सफल उपचार भएको छ।
_x000D_
_x000D_
दसैं मनाउन पथरी शनिश्चरे–३ स्थित मावलीघर आएका बेला साथीसँग रहरले घाँस काट्न जाँदा चिप्लिएर लड्दा यही कात्तिक ५ गते उनको दाहिने आँखाको तल्लो भागमा धारिलो हँसिया गाडिएको थियो।
_x000D_
_x000D_
डेढ घण्टाभित्रै अस्पताल ल्याइएकी अंशुको जटिल शल्यक्रिया गरी आँखा सकुशल जोगाएर हँसिया निकालिएको उपचारमा सलग्न डा धिरज गिरीले बताए।
_x000D_
_x000D_
'अलिकति तलमाथि भएको भए आँखा गुम्न सक्थ्यो', डा गिरीले शुक्रबार पत्रकार सम्मेलनमा भने, 'मेरो नेतृत्वको चिकित्सक टोलीले अस्पतालमा भएका अत्याधुनिक उपकरणको प्रयोग गरेर अत्यन्तै कुशलतापूर्वक उनको उपचार गर्न सफल भयौँ।'
_x000D_
_x000D_
अस्पतालले उपचार पूरा भएपछि शुक्रबार नै उनलाई घर पठाएको छ। अंशुको दाहिने आँखाबाट घोपिएको हँसिया देब्रे आँखासमेत भेट्ने गरी फसेको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।