कावासोती– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी मध्यविन्दु नगरपालिका–११ अरुणखोलमा आज बिहान ५ बजे बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।
_x000D_
_x000D_
बर्दियाबाट काठमाडाैंका लागि छुटेको ना६ख ८४३९ नं को बस सडक छेउमा रोकिराखेको ना६ख ५९२ नं को ट्रकमा ठोक्किँदा सो दुर्घटनामा भएको हो। दुर्घटनमा परि घाइते भएका ११ जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकृत लीलाराज लामिछानेले बताए। घाइतेको नाम, ठेगाना खुल्न बाँकी रहेको छ।
_x000D_
_x000D_
गएराति भएको अर्को सवारी दुर्घटनामा १ जना घाइते भएका छन्। देवचुली नगरपालिका–१६ स्थित राजमार्गमा ना४२प ५०९५ नं को मोटरसाइकललाई नम्बर नखुलेको ट्रकले ठक्कर दिँदा देवचुली–१६ का ४५ वर्षीय सुमन अधिकारी घाइते भएका थिए।
_x000D_
_x000D_
उनको अवस्था चिन्ताजनक रहेको र भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।