बाजुरा– जिल्लाका अतिविपन्न ८ परिवारलाई सहयोगस्वरुप खाद्यान्न र लत्ताकपडा प्रदान गरिएको छ।
_x000D_
_x000D_
नेपाल पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष तथा सामाजिक अभियान्ता पत्रकार प्रकाश सिंहको समन्वयमा तथा काठमाडाैंमा बसेर कलाकारिता क्षेत्रसँगै सामाजिक क्षेत्रमा क्रियाशील अनुप स्थापितले बाजुराका अतिविपन्न परिवारका लागि संकलन गरेको राहत सामग्री शुक्रबार प्रदान गरिएको हो।
_x000D_
_x000D_
ती परिवारलाई दाल, चामल र लत्ताकपडाका साथै बालबालिकाका लागि शैक्षिक सामग्री प्रदान गरिएको छ। यसरी सहयोग पाउनेमा बूढीगंगा नगरपालिका–१ बाढीपहिरोबाट श्रीमती गुमाएका कुडीका नन्दे परी, त्यस्तै बाढीपहिरोकै कारण विस्थापित वीरबहादुर शाही, सुरेन्द्र साउद, कुन्ती नेपाली, मोतीकला नेपाली र तुली साउद छन्।
_x000D_
_x000D_
त्यस्तै घरबारबिहीन बनेर सार्वजनिक सडकको छेउमा टिनको चुहिने छाप्रोमा दिन कटाइरहेका गन्दर्भ परिवारका चन्द बादी र सपना वादीको परिवारलार्य पनि राहत सामग्री प्रदान गरिएको महासङ्घका जिल्ला अध्यक्ष सिंहले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।