दाङ– दाङमा सडेको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ।
_x000D_
_x000D_
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ६ सिद्धेश्वरी टोल नजिकै अन्दाजी ५० वर्षको देखिने व्यक्तिको शव फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। शवको पहिचान हुन सकिएको छैन।
_x000D_
_x000D_
शव सडिसकेकाले केही दिन अघिको हुन सक्ने ईलाका प्रहरी कार्यालय तुुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए। प्रहरीका अनुसार खाली घरमा मृत्यु भएकाले पनि लामो समयसम्म उनको शव फेला पर्न नसकेको हो।
_x000D_
_x000D_
केटाकेटी खेल्ने क्रममा शुक्रबार साँझ ५ बजे उनीहरूले शव देखेका थिए।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।