काठमाडौँ– भारतीय कम्युनिस्ट पार्टीका महासचिव सीताराम यचुरीले विश्वभरको कम्युनिस्ट आन्दोलनमा धेरै प्रकारका अन्तरविरोध रहेको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको भारतीय कम्युनिस्ट पार्टीको आन्दोलनका अनुभव साट्न आयोजना गरिएको कार्यक्रममा महासचिव यचुरीले यस्तो बताएका हुन्।
_x000D_
_x000D_
कार्यक्रममा बोल्दै उनले भाजपालाई आगामी निर्वाचनमा परास्त गर्नुको अलावा भारतको केन्द्रीय सरकारलाई धर्मनिरपेक्ष बनाउनु पनि आफ्नो पार्टीको उदेश्य रहेको बताए। उनले भने,‘यसका लागि भारतका अन्य दुई कम्युनिस्ट पार्टीसँग एकताको प्रयास भईरहेको छ।’
_x000D_
_x000D_
‘चिनियाँ कम्युनिस्ट आन्दोलनभन्दा भारतीय कम्युनिस्ट आन्दोलन पहिले सुरु भएको भएपनि भारतको कम्युनिस्ट आन्दोलनले गति लिन नसकेको उनले बताए। यचुरीले भने ‘अबको दिनमा भारतीय कम्युनिस्ट आन्दोलनलाई सशक्त बनाउनु नै हाम्रो लक्ष्य हुने छ।’ भारतमा कम्युनिस्ट आन्दोलन सुरु हुँदा भारतमा बेलायतको उपनिवेश रहेको बताउँदै उनले भने, ‘आन्दोलन सुरु हुनु पूर्व नै यसलाई बोल्सेभिक आन्दोलन भन्दै निस्तेज पार्ने प्रयास गरियो।
_x000D_
_x000D_
भारतीय कम्युुनिस्ट आन्दोलनलाई तीन भागमा व्याख्या गर्दै उनले सोभियत संघले सुरु गरेको कम्युनिस्ट आन्दोलनको प्रभाव भारतमा पनि पर्नु भारतीय कम्युनिस्ट आन्दोलनको पहिलो भागका रहेको दाबी गरे।
_x000D_
_x000D_
यस्तै दोस्रो विश्वयुद्धपछि भारत स्वतन्त्रताको आन्दोलनमा भारतका कम्युनिस्ट पार्टी पनि आन्दोलनमा एक घटकका रुपमा संलग्न हुनुलाई उनले कम्युनिस्ट आन्दोलनको दोस्रो चरण भएको बताए। स्वतन्त्र भारतपछिको अवस्थामा भारतीय कांग्रेस पार्टीको राष्ट्रिय सम्मेलनमा निरन्तर सहभागी हुँदै कांग्रेस पार्टीलाई क्रान्तिकारी धार लिन निरन्तर दबाब दिनु तेस्रो भाग रहेको बताए।
_x000D_
_x000D_

_x000D_
_x000D_
पूँजीवादले निम्त्याएको नव–उदारवाद असफल भएको बताउँदै यचुरीले यसको पछिल्लो उदाहरण रुपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अख्तियार गरेको ‘अमेरिका पहिलो’ र संरक्षणवादको नीति भएको बताए। ‘नव–उदारवादको केन्द्रमा रहने खुला बजारको सिद्धान्तलाई अमेरिकाले अस्वीकार गरेको छ’, उनले भने ‘यसले नव–उदारवाद र पूँजीवाद असफल भएको देखाउँछ।’
_x000D_
_x000D_
विश्व कम्युनिस्ट आन्दोलनमा अस्पष्टता देखिएको उनको दाबी रहेको छ। चीनले पूँजीवादी देशबाट ऋण लिएर आफ्नो देशको समाजवादलाई पोषित गर्ने प्रयास गर्नुलाई उनले कम्युनिस्ट आन्दोलनको अस्पष्टताको रुपमा व्याख्या गरे। ‘विश्व पूँजीवादी राष्ट्रले चीनमा लगानी गर्नु भनेको पूँजीवादी सिद्धान्तलाई बढावा दिनु हो’, यचुरीले भने, ‘तर यसलाई चीनले सचेतता पूर्वक सञ्चालन गर्नुलाई अन्य कम्युनिस्टराष्ट्रहरुले सर्हाना गर्नुपर्छ।’
_x000D_
_x000D_
‘विश्व कम्युनिस्ट आन्दोलनमा अन्तरविरोध छ’, यचुरीले भने, ‘हरेक देशको कम्युनिस्ट आन्दोलनको अन्तरविरोध फरक–फरक रहन्छन्। तर ती अन्तरविरोधको समयमै पहिचान गरी समाधान गर्न नसके त्यसले विश्व कम्युनिस्ट आन्दोलनलाई असर पार्नेछ।’ सोभियत संघको विघटनले विश्व कम्युनिस्ट आन्दोलनलाई असर गरे पनि नेपालमा कम्युनिस्ट आन्दोलनलाई त्यसले असर नगरेको उनले दाबी गरे।
_x000D_
_x000D_
दशैँ, तिहार र छठ पर्वका अवसरमा शुभकामना आदन–प्रदान गर्न नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन यचुरी नेपाल आएका हुन्। पाँच दिने भ्रमणमा यचुरी बिहिवार नेपाल आएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।