काठमाडौं– आगामी १५औं केन्द्रीय महाधिवेशनका विषयमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा समितिको बैठक साढे ३ बजेदेखि सुरु भएको छ । बैठक २ बजे बोलाइएको थियो । तर केन्द्रीय कार्य सम्पादन समितिका सदस्यहरु केही ढिलो गरी उपस्थित भएका कारण बैठक ढिलो सुरु भएको पार्टीले जनाएको छ ।
आजको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।