काठमाडौं– अबिनाश विक्रम शाह निर्देशित चलचित्र ‘तिनीहरू (Elephants in the Fog)’ ९९औँ एकेडेमी अवार्ड्स (ओस्कार) का लागि नेपालको आधिकारिक प्रवेशका रूपमा छनोट भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले चलचित्र ओस्कारका लागि छनोट भएकोमा सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा आगामी यात्राका लागि शुभकामना दिएका छन्।
प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई प्रतिनिधित्व गर्न लागेको चलचित्रको सफलताको कामना गरेका छन्।
चलचित्र ‘तिनीहरू’ अहिले देशभर दोस्रो सातामा प्रदर्शनरत छ। ओस्कारका लागि नेपालको आधिकारिक प्रवेशका रूपमा छनोट भएसँगै चलचित्रप्रति अन्तर्राष्ट्रिय चासोसमेत बढ्ने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री शाहले नेपाली चलचित्र क्षेत्रका लागि यो उपलब्धि महत्वपूर्ण रहेको उल्लेख गर्दै चलचित्रको आगामी अन्तर्राष्ट्रिय यात्राका लागि शुभकामना दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।