काठमाडौं- जुवा खालको पैसा खाएको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले म्हैंपी अस्थायी प्रहरी बिटका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) वीचित्र थापा मगरलाई निलम्बन गर्न भन्दै महानगरीय प्रहरी आयुक्त कार्यालय रानिपोखरीलाई पत्र लेखेको छ।
_x000D_
_x000D_
असई थापा मगरले चार लाख रुपैयाँ खाएको पुष्टि भएपछि निलम्बनका लागि पत्र लेखेको परिसर स्रोतले जानकारी दियो।
_x000D_
_x000D_
असई थापा मगरको टोलीले गत सोमबार राति म्हैंपीको एक घरमा जुवाखालमा छापा मारेको थियो। सो क्रममा असई थापाले जुवा खालको १५ लाख रुपैयाँ बरामद गरेका थिए।
_x000D_
_x000D_
उनले जुवाडेलाई ११ लाख रुपैयाँपछि फिर्ता दिएका थिए भने ४ लाख रुपैयाँ आफैंले राखेको भन्दै दुई जुवाडे रितेश लामा र दिनेश पराजुलीले उजुरी दिएका थिए। उजुरी दिनै दुबै जना जुवाडेलाई परिसरले पक्राउ गरेर जुवा एेनअनुसार मुद्दा चलाएको छ।
_x000D_
_x000D_
असई थापाले सो आरोप स्वीकार गरेका छैनन्। उनीसँग जुवा खालमा गएका एक जवान सुशील कुमार कार्कीले असई जुवाखाल भित्र छिरेको आफू घर बाहिरै बसेको बताएका छन्। असईले आफूलाई २५ हजार रुपैयाँ समेत दिएको जवानले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।