काठमाडौं- एएफसी यू-१९ महिला च्याम्पियनसिप छनोट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले भारतलाई हराएको छ।
_x000D_
_x000D_
शुक्रबार बैंककमा भएको खेलमा नेपालले भारतमाथि २-० को जित हात पारेको हो। नेपालको जितमा दुबै गोल रेखा पौडेलले गरेकी थिइन्। रेखाले खेलको ५९ मिनेटमा पहिलो गोल गर्दै नेपाललाई १-० ले अघि बढाइन्।
_x000D_
_x000D_
रेखाले खेल सकिन २ मिनेट बाँकी छदा नेपालको अग्रता दोब्बर पारिन्। उनले भारतीय डिफेन्डर तथा गोलकिपर अघि बढेको मौकाको फाइदा उठाउदै डिबक्स बाहिरबाट गोल गरेपछि नेपालको जित पक्का भएको थियो।
_x000D_
_x000D_
योसँगै नेपालले छनोट नजिक पुगेको छ। समूहमा नेपाल, भारत र थाइल्यान्डले ३-३ अंक जोडेका छन्। पाकिस्तान भने अंक बिहिन छ। अब नेपालले कमजोर मानिएको पाकिस्तानसँग खेल्न बाँकी छ भने भारत र थाइल्यान्डबीच प्रतिस्पर्धा हुनेछ।
_x000D_
_x000D_
समूहका शीर्ष २ टिम एएफसी यू-१९ महिला च्याम्पियनसिपका लागि छनोट हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।