काठमाडौं– एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक शनिबार पुनः बस्ने गरी सकिएको छ ।
एमाले सचिव तथा कार्यदल सदस्य महेश बस्नेतका अनुसार कार्यदलको प्रतिवेदन अध्ययनपछि मूल विषयमा शनिबारको बैठकमा छलफल गर्ने गरी आजको बैठक सकिएको हो ।
त्यस्तै बैठकमा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलको प्रतिवेदन पेस भएको छ ।
संयोजक थापाले दुवै प्रतिवेदन पेस गरेका हुन् । महासचिव तर्फबाट तयार भएको र मेरो भन्दै थापाले प्रतिवेदन प्रस्तुत गरेका छन् ।
प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार दुवै प्रतिवेदनमाथि छलफल गरेर एउटै बनाउने प्रयास हुनेछ ।
‘आज प्रस्तुत भएका दुवै डकुमेन्टको अध्ययन गर्ने र भोलिदेखि आवासीय रूपमा बसेर थप छलफल गरी एउटै प्रतिवेदन तयार गर्ने निर्णय गरेको छ,’ उनले भने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।