काठमाडौं– प्रतिनिधिसभाको बैठकको असोज १५ सम्मको सम्भावित कार्यतालिका आवश्यक परिमार्जनसहित स्वीकृत भएको छ ।
सभामुख डोलप्रसाद (डीपी) अर्यालको सभापतित्वमा प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न भएको हो।
शुक्रबार बसेको समितिको बैठकले प्रतिनिधिसभाको आगामी २०८३ असोज १५ गतेसम्मको सम्भावित कार्यतालिका सम्बन्धमा छलफल गरेको छ। बैठकले छलफलका क्रममा आवश्यक परिमार्जन गरी कार्यतालिका स्वीकृत गरेको सभामुखको सचिवालयले जनाएको छ।
समितिको परामर्शअनुसार प्रतिनिधिसभाको आगामी बैठकहरू सञ्चालन, विधेयक तथा अन्य संसदीय कार्यलाई समेटेर तयार पारिएको सम्भावित कार्यतालिकामा आवश्यक संशोधन गरिनेछ। त्यसपछि कार्यतालिकालाई स्वीकृत गरी संसद्को आगामी कामकारबाही अघि बढाइनेछ।
कार्यव्यवस्था परामर्श समितिले प्रतिनिधिसभामा पेश हुने विषय, बैठकको कार्यसूची तथा संसद्को कामकारबाहीलाई व्यवस्थित बनाउन सभामुखलाई आवश्यक परामर्श दिँदै आएको छ।
दसैँअघि बैठक असोज १६ गतेसम्म सदन चलाउनबारे छलफल भएको जनाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।